TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

तेस्रो संस्करणको मिस्टर एण्ड मिस थारुको अडिसनमा १४ जना छनोट


तेस्रो संस्करणको मिस्टर एण्ड मिस थारुको अडिसनमा १४ जना छनोट
ADVERTISEMENT

काठमाडौं : तेस्रो संस्करणको मिस्टर एण्ड मिस थारु २०२१ को अडिसन आज (शनिबार) ३ जिल्लामा सकिएको छ ।


प्रतियोगिताको पहिलो चरणमा आज चितवनको भरतपुर, बाँकेको नेपालगञ्ज र मोरङको विराटनगरमा अडिसन सम्पन्न भएको हो ।

चितवन अडिसनबाट ७ जना प्रतियोगी छनिएका छन् । छनोट हुनेमा सोनु चौधरी, जस्मी चौधरी, जयराम खा चौधरी, अविनाश महतो, रविन चौधरी, निवेश चौधरी र पवित्रा कुमारी चौधरी रहेको वाइएसी इभेन्ट्सका इभेन्ट म्यानेजर जयस चौधरीले जानकारी दिए ।

चितवन अडिसनमा २० जना युवायुवती सहभागि थिए । निर्णायकको रुपमा मिस इन्टरनेशनल २०१६ वर्षा लेखी, मिस नेपाल अर्थ २०१६ रोश्नी खत्री, पत्रकार तथा समाजसेवी कारी महतो, फोटोग्राफर तथा फिल्म मेकर निरज महतो रहेका थिए ।

आजै विराटनगरमा भएको अडिसनबाट ५ जना प्रतियोगी छनोट भए । आशकुमार चौधरी, अस्मिता चौधरी, त्रिसिना चौधरी, सुजता चौधरी र बियक्स चौधरी रहेको जह इन्टरटेनमेन्टका इभेन्ट डाइरेक्टर रुपेश चौधरीले जानकारी दिएका छन् । अडिसनमा निर्णायकको भूमिकामा मिस थारु २०१८ की सेकेण्ड रनरअप आश्मा चौधरी, थारु कलाकेन्द्रका अध्यक्ष तथा गायक देव कृष्ण विश्वास, कलाकार तथा निर्देशक प्रदीप कुमार चौधरी र गायिका गीता चौधरी रहेकी थिइन् ।

त्यस्तै, नेपालगञ्ज अडिसनबाट २ जना प्रतियोगी छनोट भएका छन् । छनोट हुनेमा सुस्मिता चौधरी र प्रेरणा चौधरी रहेको जह इन्टरटेनमेन्टका प्रवन्ध निर्देशक सुरेश चौधरीले जानकारी दिए । अडिसनमा गायिका तथा कलाकार श्रीदेवी थारु, कलाकार सुनिता दहित, थारु कल्याणकारिणी सभा बाँकेका अध्यक्ष विनोद चौधरी, पत्रकार प्रज्वल कुमार श्रेष्ठ र व्यवसायी शिवाङगीनी राना रहेका थिए ।

प्रतियोगिताको दोस्रो चरणमा यही माघ २८ गते सुनसरीको झुम्कास्थित सोउल म्युजिक प्रोडक्सन, सिराहाको लहानस्थित अर्किड क्याफे, पर्साको वीरगञ्जस्थित होटल ओम रेसिडेन्सी रेष्टुरेन्ट एण्ड बार र कैलालीको धनगढीस्थित थारु छात्रवासमा अडिसन हुने आयोजकले जनाएको छ ।

फागुन १ गते काठमाडौंको अनामनगरस्थित युनियन हाउस, रुपन्देहीको बुटवलस्थित होटल द बुटवल भ्यू र दाङको घोराहीस्थित कविला रिसोर्टमा अडिसन हुने प्रवन्ध निर्देशक चौधरीले जानकारी दिए । अडिसनपछि प्रतिस्पर्धीहरुको काठमाडौंमा प्रशिक्षण हुने छ । उनीहरुलाई २५ दिनसम्म विभिन्न विधामा रहेर प्रशिक्षण दिने इभेन्ट डाइरेक्टर रुपेश चौधरीले जानकारी दिए ।

प्रतियोगिताको फाइनल चितवनको सौराहामा चैत ७ गते हुने छ । प्रतियोगिताको विजेताले नगद ५० हजार, फस्ट रनरअपले ३० हजार, सेकेण्ड रनरअपले २० हजार र विभिन्न उपहारहरु प्राप्त गर्ने छन् ।

पहिलो र दोस्रो संस्करणको सफलतापश्चात आयोजकले कोभिडका कारण ढिला गरी प्रतियोगिता आयोजना गर्न लागेको हो । थारु समुदायको उत्थान र कलासंस्कृतिको संरक्षणका लागि थारु युवाहरु सन् २०१७ देखि यस प्रतियोगिताको सुरुवात गरेका छन् । प्रतियोगिताको पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी र मिस थारु जेनिसा चौधरी भएका थिए भने दोस्रो संस्करणको मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भएका थिए  ।

प्रकाशित :माघ २४, २०७७

तपाईको प्रतिक्रिया

Related Posts

जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण
Headline

जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण

October 29, 2025
मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार
Headline

मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार

October 8, 2025
मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट
Headline

मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट

October 8, 2025
तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग
Headline

तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग

October 8, 2025
जनकपुरधाममा सस्ता बजार सुरु
अर्थ

जनकपुरधाममा सस्ता बजार सुरु

September 23, 2025
कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित
Headline

कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित

September 21, 2025
Next Post
हिमपातमा टाटा सुमो चिप्लिएर दुर्घटना एकजनाको मृत्यु, चारजना गम्भीर

हिमपातमा टाटा सुमो चिप्लिएर दुर्घटना एकजनाको मृत्यु, चारजना गम्भीर

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य