काठमाडौं, फागुन १८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपका लागि छनोट भएको नेपालको यू–१९ क्रिकेट टोलीलाई बधाइ दिएका छन् ।
प्रधानमन्त्रीले बधाइ दिँदै देशको गौरव बढाउन र नेपालको ख्याति विश्वस्तरमा चिनाउन खेलाडीले पुर्याएको योगदानको उच्च प्रशंसा गरेका हुन् ।
प्रधानमन्त्रीको ट्वीटरमार्फत् सचिवालयले भनेको छ, ‘‘श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएकोमा नेपाली टिमलाई हार्दिक बधाइ ज्ञापन गर्दै देशको गौरव बढाउन एवं नेपालको ख्याति विश्वस्तरमा चिनाउन नेपाली खेलाडीहरूले पु¥याउनुभएको योगदानको उच्च प्रशंसा गर्नुभएको छ।’’
यसैबीच नेपाल क्रिकेट संघ (क्यान) ले यू–१९ टोलीका सदस्यलाई जनही एक लाख रुपियाँ पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।
नेपाल सन् २०२४ मा श्रीलङ्कामा आयोजना हुने आईसीसी यू–१९ विश्वकपमा छनोट भएको हो। युएईस्थित आजमान इडेन गार्डेन ओभल क्रिकेट मैदानमा बिहीबार भएको अन्तिम खेलमा नेपालले आयोजक यूएईलाई सात रनले हराको हो।
नेपालले दोस्रो पटक यू–१९ विश्वकपमा स्थान बनाएको हो। यसअघि नेपालले सन् २०१६ को विश्वकप खेलेको थियो।









तपाईको प्रतिक्रिया