TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

विद्यालयको अवस्था नाजुक, जोखिम मोलेरै पढ्नुपर्ने बाध्यता


विद्यालयको अवस्था नाजुक, जोखिम मोलेरै पढ्नुपर्ने बाध्यता
ADVERTISEMENT

मधेश प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिकामा विगत ३४ वर्षदेखि सञ्चालित एक सामुदायिक विद्यालयको अवस्था नाजुक बन्दै गएको छ ।

वडा नं. २, पुलचोकस्थित २०४७ सालमा स्थापित मिथिला विहारी प्राथमिक विद्यालयको भौतिक संरचना हेर्दा कुनै पुरानो जीर्ण भवन जस्तो देखिन्छ । विद्यालयको बोर्डसमेत लगाइएको छैन । कक्षाकोठाभित्र भ्वाङ परेका छन् । ससाना बालबालिका पढ्ने विद्यालयको भ-याङमा कुनै रेलिङ छैन ।

खोलाको डिलमा नै रहेको विद्यालय परिसरमा पर्खाल छैन । बालबालिका कतिबेला खोलामा खस्लान भन्ने पिरलो विद्यालय परिवारलाई भइरहन्छ ।

विद्यालयलाई व्यवस्थित बनाउन नसक्दा १५० विद्यार्थी भएको विद्यालयमा मुस्किलले ५० प्रतिशत विद्यार्थी नियमित विद्यालय आउने गरेको विद्यालय प्रशासनले जानकारी दिएको छ ।

विद्यालयमा तीन वटा कक्षाकोठा छन् ।  त्यसमा पाँच वटा कक्षा सञ्चालन हुँदै आएका छन् । एउटा कक्षामा पाँच÷छ जना विद्यार्थीको मात्र उपस्थिति रहेको हुन्छ । त्यसमा पनि एउटा कक्षा विद्यालयको बरन्डामा सञ्चालन हुँदै आएको छ । कक्षाकोठा अभावमा बालविकास कक्षा सञ्चालन भएको छैन ।

विद्यालयमा अधिकांश विपन्न तथा दलित समुदायका बालबालिका अध्ययनरत छन् । त्यति मात्र नभएर गत वर्ष विद्यालयको शिशु कक्षा सञ्चालन हुँदै आएको कोठामा भ्वाङ परेको थियो, त्यही कक्षाकोठाको भ्वाङबाट विद्यालय तल रहेको खोलासमेत देखिन्थ्यो तर पनि त्यही कोठामा बालविकास कक्षा सञ्चालन हुँदै आएको थियो भने अहिले विद्यालयछेउमा रहेको खोलामा पुल बन्न थालेपछि उक्त कक्षाकोठा भत्काइएको छ ।

विद्यालयको अवस्थाबारे प्रधानाध्यापक गीता यादव भन्नुहुन्छ, “विद्यालयको जग्गा मन्दिरको अधीनमा रहेका कारण विद्यालयलाई थप व्यवस्थित बनाउन नसकिएको हो । त्यस कारण विद्यालयको अवस्था नाजुक छ । विद्यालयमा कक्षाकोठाको अभाव छ । उपलब्ध कोठामा मन्दिरका पुजारी र पसलका लागि सटर बनाइको छ । त्यसमा पनि भवन सुरक्षित  छैन । जसोतसो विद्यालय सञ्चालन गरेका छौँ ।”

उहाँका अनुसार यहाँ अधिकांश विपन्न र दलित समुदायका बालबालिका पढ्छन् । अरू विद्यालयमा गाभिँदा विद्यार्थीलाई विद्यालय टाढा पर्न जान्छ । यो विद्यालयलाई व्यवस्थित बनाउन सबैबाट पहल हुनुपर्ने उहाँको भनाइ छ ।

जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख मञ्जु पाण्डेले उक्त विद्यालयलाई व्यवस्थित बनाउने योजना बनाइरहेको बताउनुभयो । विद्यालयको अवस्था र विद्यार्थी सङ्ख्या हेरेर विद्यालयलाई समायोजन गर्ने योजना  रहेको उहाँको भनाइ छ ।

विद्यालयमा प्रधानाध्यापकदेखि शिक्षकसम्म महिला मात्रै रहेका छन् । दरबन्दीका तीन, राहतका दुई र बालविकासका दुई गरी जम्मा सात जना शिक्षिका विद्यालयमा छन् । विद्यालयमा करिब १५० विद्यार्थी सङ्ख्या रहेको छ तर नियमित उपस्थित भने २० जनाको मात्र रहने गरेको छ ।

विद्यालयमा अध्ययनरत बालबालिकालाई छात्रवृत्तिबापत दिइने रकमको साटो विद्यालयको पोसाक वितरण गरिएको छ । विद्यालय प्रशासनले विद्यार्थीलाई दिइएको पैसा अविभावकले खर्च गरिदिने हुँदा पोसाक वितरण गरिएको बताइएको छ तर विद्यालय प्रशासनले पोसाक वितरणको विवरण भने उपलब्ध गराउन सकेन । प्रशासनले भन्यो, “सम्पूर्ण विवरण र कागजात उपमहानगरपालिकालाई बुझाइएको छ ।” मिथिला विहार मन्दिरको परिसरमा स्थापित विद्यालयलाई मन्दिरकै कारण समस्या भइरहेको विद्यालय प्रशासनको गुनासो छ ।

तपाईको प्रतिक्रिया

Related Posts

जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण
Headline

जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण

October 29, 2025
मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार
Headline

मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार

October 8, 2025
मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट
Headline

मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट

October 8, 2025
तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग
Headline

तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग

October 8, 2025
जनकपुरधाममा सस्ता बजार सुरु
अर्थ

जनकपुरधाममा सस्ता बजार सुरु

September 23, 2025
कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित
Headline

कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित

September 21, 2025
Next Post
मधेश प्रदेश सरकारको सय दिन, उल्लेख्य काम गरेको दावी

मधेश प्रदेश सरकारको सय दिन, उल्लेख्य काम गरेको दावी

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य