TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

विपद् व्यवस्थापन सम्बन्धी दश वर्षे दीर्घकालीन रणनीतिक कार्य योजना तयार हुँदैछःमन्त्री यादव


विपद् व्यवस्थापन सम्बन्धी दश वर्षे दीर्घकालीन रणनीतिक कार्य योजना तयार हुँदैछःमन्त्री यादव
ADVERTISEMENT

आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले विपद् व्यवस्थापन गर्न प्रदेश २ सरकारले दश वर्षे दीर्घकालीन रणनीतिक कार्य योजना तयार गरेको बताएका छन् । २०२०–२०३० सम्ममा दीर्घकालीन रणनीतिक कार्ययोजना तयार हुने उनले थपे । युनिसेफको सहयोगमा लाइफ नेपालले बुधबार जनकपुरमा आयोजना गरेको कोरोना (कोभिड–१९) भाइरस तथा बाढी पूर्व तयारी र प्रतिकार्य सन्दर्भमा सम्पन्न गतिविधिहरुको समिक्षा कार्यक्रममा बोल्दै मन्त्री यादवले दीर्घकालीन रणनीतिक कार्ययोजनामा राहत र उद्धार व्यवस्थापन गर्ने मापदण्ड तयार र्ने, विपद्को बेला तत्काल उद्धार कार्य अघि बढाउने पूर्व तयारी लगायतको विषयहरु समेटिएर दीर्घकालीन रणनीति कार्ययोजना तयार गर्न लागेको उनले जानकारी दिए । विपद्बाट प्रदेश २ सबैभन्दा बढी प्रभावित हुने गरेको दावी उनले गरे । जाडो याममा शीतलहर, गर्मीमा आगलागी र वर्षा याममा बाढीबाट सबैभन्दा बढी प्रदेश २ प्रभावित हुने गरेको तर्क उनको थियो । हवाहुरी र चटयांङका कारण पनि प्रदेश २ मा वर्षेनी जनधनको क्षति भइरहेको उनले थपे । तीन तहको सरकार गठन भइसकेपछि केही हदसम्म विपद् व्यवस्थापनमा सहज भएको उनले थपे । लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरको अध्यक्षतामा भएको समिक्षा कार्यक्रममा मन्त्री यादवले विपद् व्यवस्थापनमा गरेको लगानीको सात गुणा प्रतिफल प्राप्त हुने गरेको दावी उनले गरे । विपद् व्यवस्थापनमा एक रुपैयाँ लगाउनुस्, उनले भने–सात रुपैयाँको बचत गर्छ ।’ सम्भावित विपद्को ख्याल गरेर विकास निर्माणको काम अघि बढाउनुपर्नेमा उनले जोड दिए । विपद्को सूक्ष्म अध्ययन गरेर विकास निर्माणको कार्य अगाडी बढाउनुपर्ने तर्क उनको थियो । शहीदनगर नगरपालिकाका प्रमुख उदय बरबरियाले जिल्लाको सबैभन्दा बढी प्रभावित हुने पालिकामध्ये एक शहीदनगरमा विपद् व्यवस्थापन चुनौतीपूर्ण रहेको बताए । वर्षा याममा शहीदनगर नगरपालिकामा बाढीको बढी जोखिम हुने गरेको छ, उनले भने–‘बाढीको जोखिमबाट बच्ने उपाय र आवश्यक सावधानी अपनाइएको छ ।’ नेपाल रेडक्र सोसाइटी धनुषाका सभापति रामनरेश प्रसाद सिंहले तीन तहको सरकार गठन भएपछि विपद् व्यवस्थापन सहज बनेको दावी गरे ।


नेपाल रेडक्रस सोसाइटीको व्यवस्थानमा समस्या भइरहदा हाल गठित तीन तहको सरकारले पनि सहयोग गरेको उनले थपे । विपद् व्यवस्थापनमा सहयोगी हातहरु अगाडी आउँदा सहज भएको सभापति सिंहले जनाए । विपद् व्यवस्थापन गर्नको लागि लाइफ नेपालले उपलब्ध गराएको उद्धार समाग्रीहरु उपयोगि साबित हुने प्रमुख बरबरियाले बताए । लाइफ नेपालले उपलब्ध गराएको रबर बोट, ट्युब, लाइफ ज्याकेट, साइरन, हेलमेट लगायतको समाग्री आन्तरिक मामिला तथा कानूनमन्त्री यादवले नगर प्रमुख यादवलाई हस्तान्तरण गरेका थिए ।

बाढी पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यक्रम धनुषा र रौतहट जिल्लाको दुई÷दुई पालिकामा संचालन गरिएको थियो । बाढीबाट सबैभन्दा बढी प्रभावित हुने पालिकाहरुमा संचालन गरिएको पालिकामा उद्धार समाग्री लगायत पूर्वअभ्यास कार्यक्रमहरु समेत संचालन गरिएको लाइफ नेपालका अध्यक्ष ठाकुरले जनाए । धनुषाको जनकनन्दनी गाउँपालिका र शहीदनगर नगरपालिका तथा रौतहटको इशनाथ नगरपालिका र राजपुर नगरपालिकामा कार्यक्रम संचालन गरिएको छ । कार्यक्रम संयोजक संजिव महतो र लाइफ नेपालका सूचना व्यवस्थापन अधिकृत प्रकाश शर्माले प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा सरोकारबालाहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए
Headline

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए

February 28, 2026
जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी
Headline

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी

February 7, 2026
आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता
Headline

आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता

February 6, 2026
दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै
Headline

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै

February 6, 2026
मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक
Headline

मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक

January 30, 2026
Next Post
बुधबार, ११२० जना कोरोना संक्रमित थप

थप २ हजार ५ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि, २६ जनाको मृत्यु

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य