TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

छठ पर्व धूमधामपूर्बक मनाईदै


छठ पर्व धूमधामपूर्बक मनाईदै
ADVERTISEMENT

मिथिला पर्वै पर्वको समाजमा छठको स्थान सबैभन्दा विशिष्ट श्रेणिमा राखिएको छ । सबै जात वर्ण, समुदायले छैठ पर्व मनाउने गरेका छन् । छठ पर्वमा न लिङ भेद न धर्म भेद, न भाषाभेद न जातीय भेद देखिन्छ । त्यसै भएर त मिथिला क्षेत्रका मुस्लिम समुदायले पनि छैठका लागि अर्घ दिने गरेका छन् । मिथिलामा जो बस्यो, छठको महिमालाई स्वीकार गरी मनाउन थाले । सूर्य पुराणमा उल्लेख भए बमोजिम छैठ पर्व कात्र्तिक शुक्ल षष्ठीका दिन मनाईने गरिन्छ । बिभिन्न वेद पुराण तथा गैन्थहरुमा बिभिन्न प्रकारका छैठ पर्वको महत्वबारे उल्लेख गरिएको भएपनि त्रेतायुगमा अत्री ऋषिकी पत्नी सती अनसुईयाले सर्वप्रथम छठ पर्वको अनुष्ठान गरेकि थिईन् । छैठ पर्वबारे अन्य बिभिन्न लोकोक्तिहरु प्नि पाईन्छ ।


चारदिनसम्म मनाईने यो पर्वको पहिलो दिनलाई नुहाउने धुने दिन भनिन्छ । पहिलो दिन व्रती महिलाले नुहाई धोई गरेर असिद्ध अन्न ग्रहण गर्ने गर्छिन् । दोस्रो दिन पञ्चमी तिथिमा खरना पर्छ । दिन भरि निराहार बसेर व्रतालु महिलाले खीर बनाई चन्द्रमालाई अपर्ण गरेर प्रसादको रुपमा खीर ग्रहण गरेपछि छठ पर्वका लागि उपबास बस्न सुरु गर्ने गरिन्छ । पञ्चमी तिथिदेखि सप्तमी सम्म निराहार बस्नुपर्ने भएकोले छठ पर्वलाई कठोर पर्वको रुपमा लिईने गरिएको छ । निराहार बस्ने तीनदिनसम्म व्रतालुले पानी पनि खान नहुने हुनु र पर्वमा प्रसादका लागि तयार गरिने सामग्रि समेत छुट्टै माटोको चुल्होमा बनाउनुपर्ने भएकोले छैठलाई निष्ठाको पर्व समेत भनिएको हो । खरनाको रातिबाट नै मिथिला क्षेत्रमा सामा चकेवा पर्वको उद्घोष हुने गरेको छ ।

षष्ठीको बिहानैदेखि छैठ पर्वमा प्रसादका लागि ठकवा, भुसवा तयार गरिन्छ । साथै मूला, भान्टा, आदी लगायतका तरकारीजन्य वस्तु समेत प्रसादको रुपमा राखन्ने चलन छ । प्रसादलाई बाँसले तयार गरिएको परम्परागत् ढाकीमा राखिन्छ । षष्ठीको साँझ व्रतालु महिलाले घर नजिकको पोखरी, तलाउ, नदीमा गएर सूर्यको अर्घ दिएपछि छठको तेस्रो दिन सम्पन्न हुन्छ । अचेल नेपालको मिथिला क्षेत्र लगायत भारतको बिहार राज्यको पटना, मुज्जफरपुर जस्ता शहरमा समेत राति छैठ पर्व मनाउने परिवारजनले नदी, पोखरीको डिलमा रात बिताउने परम्पराले गर्दा छैठको रौनक झन थपिएको छ ।

सप्तमीको बिहानैपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएपछि छैठको समापन हुन्छ । सप्तमीको दिनलाई पावर्ण समेत भनिन्छ । यद्दपी सप्तमीको बिहान सूर्यलाई अर्घ दिएपनि छैठ पर्वबारेको कथा व्रतालु महिलाले परिवारजन तथा डिलमा भेला भएका सर्वसधारणलाई सुनाउने परम्परा समेत रहेको छ । यसरी छैठ पर्व सम्पन्न हुने गरेको छ । छठ पर्व गर्दा निसन्तान हुनेले सन्तान पाउने, रोगबाट ग्रसित भएकाहरुको रोग निको हुने तथा कुष्ठ तथा चर्म रोग समेत निको हुने विश्वास अझै कायम रहेको छ ।
यसैबीच छठ पर्वकै अबसर पारेर जनकपुरको तलाउहरु संगारिएको छ ।

जनकपुरको गंगासागर, धनुष सागर, अरगज्जा पोखरी, अग्निकुण्ड, बिहारकुण्ड, दशरथ तलाउ, ज्ञानकूप तलाउ लगायतमा बिहानैदेखि सरसज्जा गरेर छ्रैठ मनाउने परिवारजनको घुँईचो लागेको छ । मिथिलामा धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, सिरहा लगायतका जिल्लामा दिनप्रतिदिन छ्रैठको रौनक बढ्दै गएको छ । धनुषाको भगवतीपुर, कुम्हरौडा, बिन्धी, बसहिया लगायतका स्थानमा सयौं घरपरिवारका ब्यक्तिले सामूहिक रुपमै छैठ पर्व मनाउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए
Headline

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए

February 28, 2026
आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता
Headline

आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता

February 6, 2026
दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै
Headline

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै

February 6, 2026
तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग
Headline

तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग

October 8, 2025
Next Post
नेपाल भारत सिमा खुला करो अनिश्चित कालिन आन्दोलनको आज चौंथो दिन

नेपाल भारत सिमा खुला करो अनिश्चित कालिन आन्दोलनको आज चौंथो दिन

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य