काठमाडौं : प्रभु इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७-७७ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
माघ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको आगामी (२५ औं वार्षिक) साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।
प्रकाशित :२ फागुन, २०७७
तपाईको प्रतिक्रिया