काठमाडौं, १२ फागुन । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूहको स्थायी कमिटी बैठक डाक्नु भएको छ ।
सर्वोच्च अदालतले हिजो (मंगलबार) प्रतिनिधिसभा पुनस्थापनाका पक्षमा फैसला गरेपछि ओलीले आज (बुधबार) बिहान ११ बजेका लागि स्थायी कमिटि बैठक डाक्नु भएको हो ।
बालुवाटारमा बस्ने बैठकमा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ । सर्वोच्चको फैसलापछि प्रधानमन्त्री ओली मौन हुनुहुन्छ ।
तपाईको प्रतिक्रिया