हथौडा प्रहार गरी श्रीमतीको हत्या, हत्या आरोपमा श्रीमान पक्राउ
काठमाडौं, ४ चैत । बल्खुको सुकुम्बासी टोलमा बोरामा पोका पारेर फालिएकी सन्तोषी सापकोटाको हत्यामा संलग्न रहेको आरोपमा उनका पति सन्तोष पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सन्तोषलाई मंगलबार बेलुकी बल्खुबाट पक्राउ गरिएको हो। सिंहका अनुसार सन्तोषले ३२ वर्षीया सन्तोषीलाई हथौडा प्रहार गरी हत्या गरेका हुन्।
श्रीमान श्रीमतीबीच पहिलेदेखि बिबाद हुँदै आएको र सन्तोषले श्रीमतीलाई डिभोर्स दिन भनेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सिंहले बताए। हत्याको कारण भने नखुलको उनले जानकारी दिए।
प्रहरीका अनुसार सन्तोषका भाइ तेजबहादुरले रगत बगेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। श्रीमान श्रीमती पछिल्लो समय बौद्धमा बस्दै आएका भए पनि सोमबार मात्रै बल्खु पुगेका थिए। प्रहरीका अनुसार सन्तोष लागुऔषध सेवनकर्ता हुन्। उनी यसअघि ६ महिना जेल बसेर छुटेका थिए। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
