काठमाडौं, ५ चैत । जनता समाजवादी पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठक आज बस्दैछ।
पार्टी कार्यालय बालकुमारीमा विहान साढे ११ बजेपछि बैठक बस्ने कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए। उनकाअनुसार बैठकमा पार्टीको संगठन समायोजन र सत्ता समीकरणको बिषयमा छलफल हुनेछ।
जसपाले नयाँ सत्ता समीकरण निर्माणको बिषयमा संस्थागत निर्णय लिने तयारी गरेको छ । आज बस्न लागेको कार्यकारिणी समितिको बैठकको एजेन्डा तय गर्न हिजो र अस्ति पार्टीका शिर्ष नेताहरुले छलफल गरेका थिए।
सत्ता समीकरणमा जसपाका नेताहरु कुन पक्षसँग सत्ता साझेदारी गर्ने भन्ने बिषयमा दुई धारमा बाँडिएका छन्। नयाँ सत्ता समीकरणमा जसपा निर्णयक भूमिकामा रहेको छ।
तपाईको प्रतिक्रिया