TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जनकपुरधाम उपमहानगरपालिकाले ल्यायो १ अर्ब ४७ करोड ३० लाख ८३ हजार रुपैयाँको बजेट


जनकपुरधाम उपमहानगरपालिकाले ल्यायो १ अर्ब ४७ करोड ३० लाख ८३ हजार रुपैयाँको बजेट
ADVERTISEMENT

जनकपुरधाम । प्रदेश २ स्थित जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७८–०७९ का लागि १ अर्ब ४७ करोड ३० लाख ८३ हजार रुपैयाँको बजेट ल्याएको छ ।


उप–महानगरपालिकाको सातौं नगर सभामा बिहीबार उपप्रमुख रीताकुमारी झाले प्रस्तुत गरेको बजेटमा चालुतर्फ ९८ करोड २० लाख ६० हजार र पुँजीगततर्फ ४९ करोड ५० लाख २३ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

उपमहानगरपालिकाले बजेटको स्रोतमा संघीय सरकारबाट सशर्त अनुदान वापत पाएको ५२ करोड ७० लाख र प्रदेश सरकारबाट पाएको १ करोड ५० लाख रुपैयाँलाई पनि राखेको छ ।

बजेटमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकारबाट प्राप्त सर्शत अनुदान रकमका अतिरिक्त स्वास्थ्यतर्फ १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । शिक्षा तथा खेलकुदको विकासको लागि संघीय सरकारको अनुदानका अतिरिक्त १ करोड छुट्टयाइएको उपप्रमुख झाले जानकारी दिइन् ।

शहीद गेट, पोखरी सौन्दर्यीकरण बहुबर्षीय गौरव योजना

उपमहानगरपालिकाले शहीद गेट निर्माण, पोखरी सौन्दर्यीकरण, पार्क उद्यानलाई बहुबर्षीय गौरव योजनाको रुपमा राखेको छ ।

यस अन्तर्गत शहीद गेट निर्माणका लागि २ करोड ७० लाख, दिर्घीकासर पोखरी सौन्दर्यीकरणका लागि २ करोड ५० लाख, कपिलेश्वर पार्क उद्यानको लागि १ करोड ७० लाख, वडा नम्बर ५ को नमुना शहरको निर्माणका लागि १ करोड ५० लाख, भानुचोकस्थित सार्वजनिक सेवा प्रवाह भवन निर्माणको लागि २ करोड ५० लाख विनियोजन गरिएको छ ।

वडा कार्यालय सञ्चालन तथा विविध खर्च स्वरुप एकमुष्ट ९० लाख रुपैयाँ विनियोजन गरेको उपमहानगरपालिकाले नगरस्तरीय पूर्वाधार विकासका योजनाका लागि ९ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

अरु कुन शीर्षकमा कति ?

उप–महानगरपालिकाले विभिन्न समपूरक कोषका लागि १ करोड, नगर ल्याण्डपुलिङ कार्यको डीपीआर तयार गर्न ७९ लाख रुपैयाँ छुट्टयाएको छ ।

वडास्तरीय योजना सञ्चालनका लागि वडा नम्बर १ देखि २५ सम्मका लागि १५ लाख ६० हजार, जनकपुरधाम पर्यटन प्रर्वद्धन तथा विकास सम्बन्धित विविध कार्यक्रमको लागि ५० लाख रुपैयाँ छुट्टयाइएको छ ।

गंगासागर–धनुष सागर पैदल हेरिटेज मार्ग निर्माणको लागि ६० लाख, नगर कार्यपालिकाको कार्यालयको भवन निर्माणको बाँकी निर्माण कार्य सम्पन्न गर्न ५० लाख तथा लिफ्ट जडान गर्न १ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

छाडा गाई वस्तु नियन्त्रण एवम कान्जिहाउस व्यवस्थापनका लागि १० लाख, महिला युवा, तथा दलित एवम विपन्न लक्षित सीप विकास तथा रोजगार प्रवद्र्धन सम्बन्धित विविध कार्यक्रमका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

उपमहानगरपालिका भित्र डिप्लोमा लेभलको प्राविधिक शिक्षालय सञ्चालन अनुमति प्राप्त गरी प्राविधिक शिक्षालय सञ्चालनका लागि ४० लाख रुपैयाँ छुट्टयाइएको छ ।

वडा कार्यालयहरुको भवन स्तरोन्नतिका १ करोड रुपैयाँ छुट्टयाइएको छ ।

महिला स्वयमसेविकालाई बार्षिक पोशाक खर्च १० हजार र मासिक रुपमा प्राप्त गर्दे आएको यातायात खर्चमा ५ सयको दरले वृद्धि गरी दिनका निम्ति २० लाख १६ हजार रुपैयाँ छुट्टयाइएको छ ।

यस्तै, उपप्रमुख सुरक्षित मातृत्व अभियान अन्तरगत वर्थिंग सेन्टरमा स्वास्थ्य उपकरण र औषधि खरिद गर्न १० लाख, आमा तथा नवजात शिशुको सवास्थ्य एवम पोषणको लागि सुनौला हजार दिन कार्यक्रम सञ्चालन गर्न रु १० लाख छुट्टयाइएको छ ।

महिलाहरुको आङ खस्ने समस्या नियन्त्रणका लागि १० लाख र उपप्रमुख जितिया पर्व मनाउने कार्यक्रमको लागि १ लाख ५० हजार छुट्टयाइएको छ ।

नगरभित्रका सामुदायिक विद्यालयहरुमा खानेपानी तथा स्वच्छता अभियान सञ्चालनका लागि १० लाख, पार्क तथा सघन वृक्षारोपन कार्यक्रमका लागि २५ लाख, प्रशासन तथा राजश्व शाखाको संस्थागत सवलीकरणको लागि २५ लाख, उपमहानगरपालिका अन्तर्गत उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई पुरस्कृत गर्न १ लाख, अन्तर्राष्ट्रिय महिला दिवस मनाउनका लागि १ लाख छुट्टयाएको छ ।

श्रमजिवी पत्रकारहरुको विमा गर्ने व्यवस्था मिलाउन नेपाल पत्रकार महासंघ धनुषा शाखालाई तीन लाख रकम विनियोजन गरेको उपमहानगरपालिकाले नगरभित्रका सम्पूर्ण सञ्चार माध्यमलाई समानुपातिक ढंगले लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन तीन लाख विनियोजन गरेको छ ।

 

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
प्रधानमन्त्री ओलीले मन्त्रीको जिम्मेवारी हेरफेर गर्दै, आफूसँग रक्षा र परराष्ट्र मन्त्रालय राखे

प्रधानमन्त्री ओलीले मन्त्रीको जिम्मेवारी हेरफेर गर्दै, आफूसँग रक्षा र परराष्ट्र मन्त्रालय राखे

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य