TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

बर्दिबास नगरपालिका क्षेत्रमा जग्गा नापी प्रक्रिया शुरु


बर्दिबास नगरपालिका क्षेत्रमा जग्गा नापी प्रक्रिया शुरु
ADVERTISEMENT

पुस्तौँदेखि जोतभोग र भोगचलन गर्दै आएका बर्दिबास नगरपालिका क्षेत्रभित्रका बसोबासीलाई जग्गा उपलब्ध गराउन बर्दिबास नगरपालिका क्षेत्रमा नापी प्रक्रिया शुरु भएको छ । महोत्तरी जिल्लाको सबैभन्दा बढी भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबास भएको नगरपालिका क्षेत्रभित्रका सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई एक पटकका लागि घर, घडेरी र खेतीपातीका लागि जग्गा उपलब्ध गराउनका लागि नगरपालिकाले नगरक्षेत्रमा नापी प्रक्रिया अगाडि बढाएको नगर प्रमुख विदुरकुमार कार्कीले बताए । नगरपालिकाले पनि आयोगको समन्वयमा आफ्ना १४ वटै वडामा  सुकुम्बासी तथा अव्यवस्थित बसोबासी पहिचान गर्नका लागि जग्गा नापजाँच प्रक्रियालाई तीव्र गतिमा अगाडि बढाएको नगर प्रमुख कार्कीले थपे ।विसं २०७७ मङ्सिर २४ गते भूमिसम्बन्धी समस्या सावधान आयोग र नगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर साकिएलगत्तै नगरपालिकाभित्रका भूमिसमबन्धी आधारभूत स्थितिको अध्ययन भएको थियो । ३५ दिनभित्र लगत सङ्कलन सकेर सम्पूर्ण तथ्याङ्क पठाइसक्ने सम्झौता अनुसार त्यो भन्दा अगावै सम्र्पूण लगत सङ्कलनको कार्य सकी सम्बन्धित कार्यालयमा पठाइसकिएको र असोज मसान्तभित्र सम्पूर्ण प्रमाणीकरण सकी धनीपुर्जा जनताको हातहातमा वितरण गर्ने लक्ष्य रहेको जनाइएको छ ।   नगरस्तरीय सहजीकरण समिति र वडास्तरीय सहजीकरण समिति गठन गरी कोरोना महामारीको बीचमा भएको निषेधाज्ञामा समेत दूरी कायम गरी नगरपालिकाले नापी प्रक्रियालाई निरन्तरता दिँदै आएको छ  । लगत सङ्कलन र प्रमाणीकरणको कार्य पूरा भई नापी कार्यले तीव्रता पाएपछि स्थानीयवासी खुशी देखिएका छन् ।


नगरपालिकाभरिका जनप्रतिनिधिले चुनावी अभियानमा पनि अव्यवस्थित बसोबास र वर्षौदेखि उपभोग गर्दै आएका सर्वसाधारणलाई धनीपुर्जा दिलाएर नै छाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए । नगरपालिकाले विवरण सङ्कलनका लागि ३० वटा गणकलाई खटाएको छ भने अहिले वडा न ६ को सम्पूर्ण नापजाँच कार्य सम्पन्न भइसकेको छ ।

त्यस्तै वडा न १, ३, ४, ५ र ११ मा एकैसाथ नापी कार्य र जिआइएस म्यापमा प्रविष्ट गर्ने कार्य भइरहेको छ । जनप्रतिनिधि स्वयम् जग्गा नापीमा संग्लन प्राविधिकलाई बीचबीचमा देखिने विवाद समाधान र सहजीकरणको लागि सँगै खटिरहेका छन् ।

बर्दिबास नगरपालिकाभित्र अहिले नौ हजार ४५९ फारमबाट विवरण समावेश भएको छ भने दुई हजार ५६८ कित्ता नापजाँच सम्पन्न भइसकेको छ । उक्त तथ्याङ्कलाई कम्प्युटरमा इन्ट्री गर्ने काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
राष्ट्रियसभा चुनावमा भोट हाल्नेले अनिवार्य ७२ घण्टाभित्रको कोरोना रिपोर्ट देखाउनुपर्ने

पहिलो चरणको निर्वाचनका लागि असोज २० र २१ गते उम्मेदवारी दर्ता

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य