प्रदेश २ को बारामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।
जितपुर सिमरा उपमहानगरपालिका १६ टागियामा गएराति साढे १० बजे प्रदेश २-०३–००२ प ५३३५ नम्बरको मोटरसाइकल र बा ६५ प २७५६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा दुबै मोटरसाइकलका चालकको मृत्यु भएको छ । दुर्घटनामा नुवाकोटका ४० वर्षीय टुलुराज तामाङ र बाराको निजगढ नगरपालिका(९ का १६ वर्षीय विकास साहको मृत्यु भएको छ। त्यसैगरी दुर्घटनामा प्रदेश २-०३–००२ प ५३ ३५ नम्बरको मोटरसाइकलको पछाडि बस्ने ३५ वर्षीया सुनैनादेवी साहको पनि मृत्यु भएको छइलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









तपाईको प्रतिक्रिया