काठमाडौं । अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोजेको अभियोगमा मिनबहादुर पाइन पक्राउ परेका छन् ।
काठमाडौंको गोकर्णेश्वर–८ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका पाइनलाई बुधबार दिउँसो गोकर्णेश्वर नगरपालिका–८ जगडोलबाट प्रहरीले पक्राउ गरेको छ ।
पाइन लगायत ३ जनाले ललितपुर सातदोबाटो बस्ने झापा बिर्तामोड घर भएका २१ वर्षीय पुरुषलाई अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न लागेको अवस्थामा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले प्रक्राउ गरेको हो ।









तपाईको प्रतिक्रिया