TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

राजर्षि जनक विश्वविद्यालय सेवा आयोगमा करार शिक्षकद्वारा तालाबन्दी


राजर्षि जनक विश्वविद्यालय सेवा आयोगमा करार शिक्षकद्वारा तालाबन्दी
ADVERTISEMENT

चार वर्ष पूर्व स्थापना गरिएको राजर्षि जनक विश्वविद्यालयको सेवा आयोगले उप–प्राध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान गरेपछि करारका शिक्षकहरुले तालाबन्दी गरेका छन् । सोमबार सेवा आयोगका अध्यक्ष प्रा।डा। शैलेन्द्र लाभको कार्यकक्ष र लेखा शाखामा करारका शिक्षकहरुले तालाबन्दी गरेका छन् ।


पेपर कोर्स कन्ट्रयाक्ट शिक्षक संघका सभापति दिलिप यादवले स्थापनाकालदेखि नै विश्वविद्यालयमा काम गर्दै आएको र कतिपय शिक्षकहरुको उमेर समेत पार भइसकेको भन्दै सेवा आयोगबाट प्रकाशित विज्ञापनको विरोध गरेका छन् ।

उनले पछिल्लो ६ महिनादेखि विभिन्न माग राख्दै आफूहरु आन्दोलनरत रहेको अवस्थामा आफूहरुको मागलाई बेवास्ता गर्दै विज्ञापन निकालिएको आरोपसमेत लगाए । उनले भने, ‘हामी यहाँ स्थापनाकालदेखि नै कार्यरत छौं, कयौँ शिक्षक साथीको उमेरसमेत पार भइसक्यो तर सेवा आयोगले त्यसको कुनै वास्ता गरेन ।’

आफूहरुले यतिका वर्षसम्म काम गरेबापत प्राप्त अनुभवको कुनै मूल्यांकन नगरिएकोले बाध्य भएर तालाबन्दी गर्नुपरेको उनले सुनाए । उनले रजिष्ट्रार, भीसी, सेवा आयोगका अध्यक्ष, सदस्यहरुलाई जानकारी गराउँदा आश्वासन दिए पनि एक्कासी विज्ञापन आह्वान गरिएकाले आफूहरुको उमेर, अनुभवलाई ग्राह्यता नदिएको देखिएपछि तालाबन्दी गरेको बताए ।

उनले केन्द्रीय कार्यालयमा उपप्राध्यापकको दरबन्दी रहेकोमा पाँच जनाको दरबन्दी राखेर २१ वटामा मात्र विज्ञापन आह्वान गरेको आरोप लगाए । विश्वविद्यालयमा अहिले भूगोल विषयको पढाई नभए पनि त्यसका लागिसमेत दरखास्त आह्वान गरिएको तर पढाई भइरहेको विषयहरुको विज्ञापन ननिकालिएको करार शिक्षकहरुको आरोप छ ।

विश्वविद्यालयले सोमबार उपप्राध्यापक पदमा २१ वटा पदका लागि विज्ञापन आह्वान गरेको छ । विश्वविद्यालयले जनस्वास्थ्य, कानुन, कम्प्युटर एप्लिकेसन, अंग्रेजी, अर्थशास्त्र, तथ्यांकशास्त्र, गणित, व्यवस्थापन, कम्प्युटर इन्जिनियरिङ, भूगोल, हेमाटोलोजीलगायत विषयको उपप्राध्यापक पदमा भर्नाका लागि विज्ञापन आह्वान गरेको छ ।

विश्वविद्यालयले कर्मचारी भर्नाका लागि प्राविधिक अधिकृतदेखि लिएर ल्याब ब्वाईसम्मका लागि १३ वटा दरबन्दीमा भर्नाका लागि विज्ञापन प्रकाशित गरेको छ ।

news/photo : ratopati.com

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
बुधबार, ११२० जना कोरोना संक्रमित थप

थप २ सय २० जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य