जनकपुरधाम । भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उनको निधन भएको हो ।
उनको जन्म २८ सेप्टेम्बर १९२८ मा भएको थियो । उनले हजारौं गीत गाएकी थिईन । उनले थुप्रै नेपाली गीतहरु पनि गाएकी छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लताको निधनले भारतलाई अपूरणीय क्षति पुगेको भन्दै शोक व्यक्त गरेका छन् ।
कोरोना संक्रमण भएपछि उनी २७ दिनदेखि अस्पतालमा उपचाररत थिइन् । केही दिनयता उनलाई भेन्टिलेटरमा राखिएको थियो ।









तपाईको प्रतिक्रिया