महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिका प्रमुखमा नेकपा एमालेका रामदुलार साह निवर्मचित भएका छन् ।
नेकपा एमालेबाट पालिका प्रमुखमा साह १ हजार ७६३ मतले आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार निवर्तमान मेयर अशोक कुमार मण्डललाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
नवनिर्वाचित नगर प्रमुख साहले ५३४९ मत प्राप्त गर्दै जित हासिल गरेका छन् भने प्रतिद्वन्दी मण्डलले मात्र ३५८६ मत प्राप्त गर्न सकेका थिए ।
त्यस्तै उपप्रमुखमा एमालेकै रिना देवी यादव निर्वाचित भएकी छिन् । उनले ४२६३ मत प्राप्त गर्दै आफ्नो निकटतम प्रतिद्वन्दी काँग्रेसकी पुष्पा देवी कुशवाहालाई ८६० मतको मतान्तरले पराजित गेकी हुन् ।
नगर उपप्रमुख कुशवाहाले ३४०३ मत प्राप्त गरेकी छन् । १५ वटा पालिका रहेको महोत्तरीमा २०७४ को निर्वाचनमा नेकपा एमाले एउटा पालिका समेत जित्न सकेको थिएन ।









तपाईको प्रतिक्रिया