जनकपुरधाम । यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायले मधेशमा पहिलो पटक ‘प्राइड मन्थ’ अर्थात् गौरव यात्रा मनाएका छन् ।
प्रदेशभरीका यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायकाहरुले मधेश प्रदेशको राजधानी जनकपुरधाममा सोमबार प्रदेशस्तरीय प्राइड मन्थ कार्यक्रम मनाएका छन् । सो कर्याक्रमममा प्रदेशका आठवटै जिल्लाका यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायहरुको सहभागीता रहेको थियो ।

अंग्रेजी पत्रो अनुसार जुन महिनालाई विश्वभरी गौरव महिना (प्राइड मन्थ) का रूपमा मनाइने गरिन्छ ।
नेपालमा पनि जुन महिना लैङ्गिक तथा अल्पसङ्ख्यकहरूले विभिन्न कार्यक्रम गरेर ‘प्राइड मन्थ’ मनाउने गर्छन् तर, मधेशमा भने पहिलो पटक ‘हामी सबै भिन्न, हामी सबै समान’ मुल नाराका साथ प्राइड मन्थ मनाइएको हो ।



सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताका व्यक्तिहरू अर्थात् लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक जनसंख्या अन्तर्गतका विभिन्न पहिचानयुक्त समूहहरूले यस महिनालाई विशेष रूपमा मनाउने गरेका छन् । गौरव अर्थात् प्राइडको सुरुवात समाजले यी विभिन्न पहिचानयुक्त समूहहरूलाई अवहेलना गरी यस्तो हुनु एउटा लज्जाको विषय भनि लाञ्छित तुल्याउने भएकाले आफ्नो लैङ्गिक पहिचान तथा यौनिक पहिचान लज्जाको विषय नभएको र त्यसमा गौरव गर्ने नारा सहित सुरु भएको पाइन्छ । सोही गौरव महिनाको अवशरमा हुने भेला तथा र्यालि कार्यक्रमलाई गौरव यात्रा (प्राइड परेड) भन्ने गरिन्छ ।
रामवरण यादवको अध्यक्षता एवम् लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका संस्थाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको उक्त कार्यक्रममा मधेस प्रदेशको आठौं जिल्लबाट करिब १५० जना लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरू सहभागी भएका थिए । सो कार्यक्रममा सुनौलो बिहानी संस्था लगायत पहिचान नेपाल,सप्तरङी नेपाल,जीवन ज्योति समाज,सहयात्री समाज नेपाल,सहयोगी समाज र चौतारी नेपाल लगायत विभिन्न संगसंस्थाको सहभागिता थियो ।
नेपालमा गौरव यात्रा आयोजना हुन थालेको चार वर्ष हुन्छ । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक विविधताका सवाल र उपस्थितिलाई उठान गर्दै एउटा उत्सवका रूपमा २०७६ साल देखि क्वयेर युथ ग्रुप नाम संस्थाले आयोजना गरी गौरव यात्रा मनाउन थालिएको हो ।
नेपालमा प्रत्येक वर्ष जून महिनाको दोस्रो शनिबारका दिन गौरव यात्राको आयोजना हुन्छ । २०७६ सालमा एकपटक भौतिक उपस्थितिमा आयोजना भएतापनि त्यसपछीका दुई वर्ष सम्म विश्वमहामारीका कारण अनलाइन माध्यम अपनाइयो । नेपालमा गौरव यात्राको यो चौथो वर्ष भएतापनि भौतिक उपस्थितिमा दोस्रो वर्ष हो ।









तपाईको प्रतिक्रिया