जनकपुरधाम । बैंकबाट झिकेर ल्याउँदै गरेको दुई लाख रुपैयाँ लुट्ने युवक पक्राउ परेका छन् ।
धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ७ का २० वर्षीय जितेन्द्रप्रसाद साह र २१ वर्षीय दिपेन्द्र मण्डललाई प्रहरीले पक्राउ गरेको धनुषाका प्रहरी प्रमुख बसन्त रजौरेले जानकारी दिए ।
बिदेशबाट आएको दुई लाख रुपैयाँ गत सोमबार मिल्स एरिया स्थित रहेको एभरेष्ट बैँकबाट झिकेर फर्किने क्रममा सबैला नगरपालिका ४ घर भई जनकपुरधाम उपमहानगरपालिका १ मा बस्दै आएकी शर्मिला यादवकले बोकेको प्लाष्टिकको झोलामा रहेको मोबाइल र पैसा लुटेर दुई युवक फरार भएका थिए । घटना पश्चात जानकारी दिएपछि प्रहरीले अनुसन्धानको क्रममा पक्राउ परेको दुवै युवकलाई जिल्ला प्रहरी कार्यालय धनुषामा सार्वजनिक गरिएको हो ।
जितेन्द्रको साथबाट लुटिएको मोबाइल र ५४ हजार नगद तथा दिपेन्द्रको साथबाट ७८ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।









तपाईको प्रतिक्रिया