वीरगंज, मङ्सिर ६ गते । प्रदेश सभा तर्फ पर्सामा फेरि काँग्रेसले अर्को सिट जितेको छ । पर्साको क्षेत्र नम्बर ४ (क) बाट नेपाली कांग्रेसका शङ्कर प्रसाद चौधरी निर्वाचित भएका छन् ।
पाँच दलीय सत्ता गठबन्धनको समर्थन पाएका चौधरीले निकटतम प्रतिद्वन्द्वी एमाले जसपा गठबन्धनका जयप्रकाश थारुलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
चौधरीले नेकपा एमाले पर्साका अध्यक्ष रहनु भएका जय प्रकाश थारुलाई २ हजार ३४ मतको अन्तरले पराजित गरेका हुन् ।
चौधरीले ११ हजार ५ सय ८५ मत ल्याएर निर्वाचित भए भने थारुले ९ हजार ५ सय ५१ मत प्राप्त गरे ।
यही क्षेत्रका निवर्तमान प्रदेश सभा सदस्यसमेत रहेका चौधरी पुनः दोहोरिएका हुन् । चौधरीको जित सँगै अहिले सम्म पर्सामा नेपाली काँग्रेसले २ वटा प्रदेश सभा सदस्य जितेको छ ।
यसअघि आजै पर्साको क्षेत्र नम्बर २ (क) मा नेपाली काँग्रेसकै श्याम पटेल निर्वाचित भएको पर्साका मुख्य निर्वाचन अधिकृत विनोद कुमार पोखरेलले बताए ।









तपाईको प्रतिक्रिया