TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जनकपुरधाम उपमहानगरपालिकाले भूमि वर्गीकरण टुंग्यायो


जनकपुरधाम उपमहानगरपालिकाले भूमि वर्गीकरण टुंग्यायो
ADVERTISEMENT

भूमि वर्गीकरणलाई जनकपुरधाम उपमहानगरपालिकाले टुंग्याएको छ ।


उपमहानगरपालिकाले वडा नम्बर १ देखि १४ सम्मको जग्गालाई गैरकृषि क्षेत्र घोषणा गरेको छ । तर वडा नम्बर १२ को केही जग्गालाई कृषि क्षेत्रमा राखिएको छ । उपमहानगरपालिकाको निर्णयले रोकिएको कित्ताकाट मालपोत र नापी कार्यालयमा फुकुवा हुनेछ ।जनकपुर उद्योग वाणिज्य संघ लगायतले भूमि वर्गीकरण सम्बन्धी निर्णय गर्न उपमहानगरपालिकासित माग गरेका थिए । उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले जग्गा वर्गीकरणको निर्णय भइसकेको बताए ।‘जग्गा वर्गीकरणको क्रममा सरकारले निर्धारण गरेको बसोबास क्षेत्रको ८ धुर जग्गा कित्ताकाट हुने यथावत रहेकोछ’ उनले भने, कृषि क्षेत्रको जग्गा २ कठ्ठा भन्दा कम्तीको कित्ताकाट हुने छैन् । वडा नम्बर १५ देखि २५ सम्मको जग्गामा कृषि र गैरकृषि क्षेत्र विभाजन गरिएको उनले बताए ।

‘जग्गा धनीले आफ्नो जमिन कृषि योग्य क्षेत्रमा राख्न चाहे उपमहानगरपालिका कार्यालयमा निवेदन दिन सक्छन्’ मेयर साहले भने, जग्गाधनीको चाहना अनुसार सबै वडामा त्यस्ता जमिनलाई कृषि योग्यमा राखिनेछ । जग्गाको वर्गीकरण भए पनि करमा कुनै प्रकारको वृद्धि नगरिएको उनले बताए ।‘कृषि र गैरकृषि क्षेत्र गरी दुई वर्गमा जग्गाको वर्गीकरण मात्र गरिएको छ’ मेयर साहले भने, यसले जग्गाधनीलाई थप कुनै किसिमको कर तिर्नुपर्ने छैन् । जग्गा वर्गीकरण गरिएको निर्णय शुक्रवार नापी र मालपोत कार्यालय लगायतका निकायहरुमा पठाइने उनले जनाए ।गैरकृषि क्षेत्रमा रहने जग्गाको मूल्यांकन बैंक लगायत सरकारी निकायहरुले कम गर्ने भएकाले नगरको सहरी क्षेत्रमा कृषि योग्य जग्गा राख्न धनीहरुले चासो देखाउने संभावना छैन् । गैरकृषि क्षेत्रमा ८ धुरको भन्दा कम जग्गाको कित्ताकाट नहुने बताइएको छ ।ऐनमा स्पष्ट व्यवस्था नभएका कतिपय विषयमा भू–उपयोग परिषद्ले निर्णय गर्न सक्ने बताइएको छ ।भू उपयोगमा कुनै समस्या देखिए उपमहानगरपालिकाको कार्यपालिकाले निर्णय गरी समाधान गर्नसक्ने अधिकारीहरुले जनाएका छन् । जग्गा वर्गीकरण नहुँदा कित्ताकाट रोकिएको थियो ।वर्गीकरण नहुँदा जग्गाको बेचबिखन रोकिएको थियो ।उपमहानगरपालिकाले वर्गीकरण टुंग्याएपछि केही दिन जग्गाको खरिदबिक्रीमा अत्यधिक तीव्रता आउने बताइएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले वर्गीकरण टुंग्याए पनि धनुषा जिल्लाका अधिकांश पालिकाले जग्गाको वर्गीकरण गर्न सकेको छैन् ।वर्गीकरण गर्न बाँकी रहेका पालिकाहरुले पनि अब धमाधम निर्णय गर्ने मालपोत कार्यालयका एकजना अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया

Related Posts

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा
प्रदेश २

परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा

March 1, 2026
संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए
Headline

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए

February 28, 2026
धनुषा–३ मा समृद्धिको नारा लिएर महतोको चुनावी अभियान
प्रदेश २

धनुषा–३ मा समृद्धिको नारा लिएर महतोको चुनावी अभियान

February 28, 2026
Next Post
सत्तागठबन्धनका लागि जसपा अनिवार्य : प्रदेश १, मधेश र लुम्बिनी प्रदेशमा निर्णायक

सत्तागठबन्धनका लागि जसपा अनिवार्य : प्रदेश १, मधेश र लुम्बिनी प्रदेशमा निर्णायक

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य