जनकपुरधाम, फागुन ४ गते । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बसन्तकुमार कुशवाहालाई प्रदेशका विभिन्न संघ संस्थाका प्रतिनिधि मण्डलले खाद्य ऐन निर्माणका लागि ज्ञापनपत्र बुझाएका छन् ।
बुधबार मधेशको राजधानी जनकपुरधास्थित आफ्नो कार्य कक्षमा उक्त ज्ञापनपत्र बुझ्नुहुँदै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुशवाहाले खाद्य अधिकारसम्बन्धी ऐन ल्याउनका लागि कानुनी प्रावधान र विमर्श गरेर कार्य गर्ने बताउनुभएको हो । उहाँले समस्या समाधानका लागि अधिकारकर्मीहरुको सल्लाह र सुझावसहितको प्रतिवेदन आवश्यक रहेको र यसरी नै नियमित रुपमा नागरिकको अधिकारका लागि झक्झकाइ राख्न समन्वय र सहकार्यका लागि अधिकारकर्मीहरुसंग आग्रह समेत गर्नुभयो ।
मधेश प्रदेश कृषि प्रदेशको रुपमा रहेकोले कृषकको हक अधिकार सुनिश्चितताका लागि पनि ऐन आवश्यक रहेको भन्दै कृषि सिंचाई, कृषि बजार, कृषि सडक, सहज मल तथा विउको उपलब्धताका साथै नागरिकको खाद्य सुरक्षा र खाद्य सम्प्रभुताका लागि प्रदेश सरकारले चाँडै ऐन तथा ठोस नीति तथा कार्यक्रम ल्याउनु पर्ने भन्दै मन्त्रीको ध्यानाकर्षण गराउँदै उक्त ज्ञापन पत्र बुझाएको खाद्य अधिकार सम्बन्धि काम गर्ने संस्था फुड फस्र्ट इन्फरमेशन एक्सन नेटवर्क (फियान) नेपालकी प्रदेश संयोजक यादवले बताउनुभयो ।
उक्त ज्ञापनपत्रमा प्रदेशस्तरीय खाद्य अधिकारसम्बन्धी ऐन कानुनको निर्माण र सो सम्बन्धी संस्थागत संयन्त्र (प्रदेश खाद्य परिषद्) गठन गनुपर्ने उल्लेख गरिएको छ । प्रदेश खाद्य परिषद् गठन तथा सञ्चालन नियमावली, २०७९ नमुना मस्यौदा बुझाएको फियान नेपालकी प्रदेश संयोजक यादवले जानकारी दिनुभयो ।
मधेश प्रदेश कृषि प्रदेशको रुपमा रहेकोले कृषकको हकअधिकार सुनिश्चितताका लागि पनि ऐन आवश्यक रहेको भन्दै कृषि सिंचाई, कृषि बजार, कृषि सडक, सहज मल तथा विउको उपलब्धताका साथै नागरिकको खाद्य सुरक्षा र खाद्य सम्प्रभुताका लागि प्रदेश सरकारले चाँडै ऐन तथा ठोस नीति तथा कार्यक्रम ल्याउनु पर्ने भन्दै मन्त्रीको ध्यानाकर्षण गराउँदै उक्त ज्ञापन पत्र बुझाएको फियान नेपालकी प्रदेश संयोजक यादवले बताउनुभयो ।
फियान नेपालकी प्रदेश संयोजक यादव, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश संयोजक राजु पासवान, थर्ड एलायन्स, ओरेक, नेपाल पत्रकार महासंघ धनुषा, राष्ट्रिय अपांग महासंघ र महिला मानव अधिकार रक्षक सञ्जाललगायत संघ संस्थाका अधिकारकर्मीको प्रतिनिधि मण्डलको उपस्थितमा उक्त ज्ञापनपत्र बुझाएका थिए ।









तपाईको प्रतिक्रिया