वीरगञ्ज, चैत १४ गते । वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषण गर्ने पाँच वटा उद्योगलाई १५ लाख रुपैयाँ जरिवाना गरेको छ । वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका पाँच वटा उद्योगलाई महानगरले ३÷३ लाख रुपैयाँका दरले १५ लाख रुपैयाँ जरिवाना गरेको हो ।
वीरगञ्ज–२१ स्थित ग्लोबल लेदर, अर्निका प्रोसेसि, श्रीसिधि टेक्सटायल्स, मोरियम लेदर र वडा नम्बर ३२ मा रहेको दुर्गा पल्प्स एण्ड पेपर उद्योगलाई ३÷३ लाखका दरले जरिवाना गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए ।
पाँच वटै उद्योगलाई मंगलबार पत्राचार गर्दै ७ दिनभित्र तोकिएको जरिवाना रकम महानगरपालिकामा बुझाउन निर्देशन दिइएको उनले बताए । ७ दिनभित्र जरिवाना वापतको रकम नबुझाएमा प्रचलित कानून अनुसार उद्योगहरु विरुद्ध थप कारबाही प्रकृया अगाडि बढाइने उनको भनाइ छ ।









तपाईको प्रतिक्रिया