धनुषा निर्वाचन क्षेत्र नम्बर–३का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उम्मेदवार मनिष झाले स्थानीय मतदातासंग भेटघाट तथा घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् । उम्मेदवारले झाले बुधबार धनुषा निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत नगराइन नगरपा
लिकास्थित नगराइन बजार र विदेह नगरपालिका वडा नम्बर ९स्थित वैदेहीमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
स्थानीय टोल टोलमा पुगेर उनले नागरिकका समस्या सुन्दै समाधानका लागि आफू प्रतिबद्ध रहेको बताएका हुन् ।
घरदैलोका क्रममा उम्मेदवार झाले स्थानीय बासिन्दाले उठाएका खानेपानी, ढल व्यवस्थापन, सडक स्तरोन्नति, बेरोजगारी तथा युवापलायन लगायतको विषयमा जानकार रहेकोले यस विषयमा गम्भीर रहेको बताए । विश्व प्रगति तर्फ लम्कीरहेको समयमा समेत धनुषा ३का स्थानीय भित्रै आधारभूत सेवाकालागि असमानता हुनु दुःखद रहेको बताए ।
जनताको करबाटै सञ्चालित निकायले पारदर्शिता र जवाफदेहिता देखाउनुपर्ने बताउँदै उनले रास्वपा नेतृत्वमा सरकार बने सुशासन, पारदर्शिता र परिणाममुखी काम गरेर देखाउने दावी गरे ।
उनले विशेष गरी युवाहरुलाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे ।
स्थानीय मतदातासंगको कुराकानीमा उम्मेदवार झाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई पनि आफ्नो दलले प्राथमिकतामा राखेको बताए ।
विगतमा निर्वाचित प्रतिनिधिहरुले गरेका प्रतिबद्धता पूरा गर्न नसक्नु दुःखद रहेको उनको भनाई थियो









तपाईको प्रतिक्रिया