धनुषा ३मा प्रतिनिधिसभाका लागि जनमत पार्टीबाट उम्मेदवारी दिएका गोपाल प्रसाद साहले आफ्नो चुनावी प्रचार प्रसार अन्तर्गत मतदातासंगको भेटघाटलाई तीव्रता दिएका छन् ।
उम्मेदवार साहले शुक्रबार जनमत पार्टी सामाजिक रुपमा बञ्चित रहेका समुदायकालागि आवाज उठाउने पार्टी रहेकाले जनमत पार्टीको पक्षमा मतदान आग्रह गरे । उनले जनमत पार्टीले सडक होस वा सदन दूबै स्थानबाट आवाज उठाउँदै आईरहेको स्मरण गराउँदै आउने दिनमा पनि त्यस्ता समुदायकालागि बोल्ने दल जनमत पार्टी नै रह्ने दावी गरे ।
पुराना दलहरु त्यस्ता समुदायलाई भोट बैंकको रुपमा मात्रै प्रयोग गर्दै आईरहेको आरोप लगाउँदै उम्मेदवार साहले जनमत पार्टी निमुखाको आवाज बन्ने दावी गरे ।









तपाईको प्रतिक्रिया