TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

धनुषा ३मा रास्वपाप्रतिको आकर्षण बढ्दो, दर्जनौँ गरे रास्वपा प्रवेश


धनुषा ३मा रास्वपाप्रतिको आकर्षण बढ्दो, दर्जनौँ गरे रास्वपा प्रवेश
ADVERTISEMENT

धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा चुनावी गतिविधि तीव्र बन्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष झा घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवादमा व्यस्त छन् । झाको घरदैलो अभियान संगै मतदाताहरुसंगको प्रत्यक्ष सम्वादका कारण रास्वपाप्रतिको आकर्षण धनुषा ३मा बढ्दै गईरहेको छ । शुक्रबार मात्रै विभिन्न कार्यक्रममा गरी ८० जनाभन्दा बढी रास्वपामा प्रवेश गरेका थिए ।


घरदैलो तथा पार्टी प्रवेश कार्यक्रमहरुमा झाले यस क्षेत्रलाई राजनीतिक परिवर्तनको ऐतिहासिक केन्द्रका रूपमा चित्रण गर्दै आगामी चरणको अभियानमा पनि जनताको साथ रहने विश्वास व्यक्त गरेका छन् ।

धनौजीमा आयोजित घरदैलो कार्यक्रममा बोल्दै झाले भने, ‘अबको राजनीति पद र पैसाको खेल होइन, विचार र नयाँ पुस्ताको नेतृत्वमा आधारित हुनुपर्छ ।’ स्थानीय बासिन्दाले उठाएका जीर्ण सडक, बेरोजगारी र युवापलायनका विषयलाई आफूले प्राथमिकताका साथ उठाउने उनले बताए । सुशासन, पारदर्शिता र परिणाममुखी कामलाई मुख्य एजेण्डा बनाइने उल्लेख गर्दै उनले युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण तयार गरिने प्रतिबद्धता जनाए ।

‘राजनीति पेशा होइन, सेवा हो । प्रणाली सुधारबिना विकासले गति लिन सक्दैन,” उनले भने ।

झाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई पनि आफ्नो प्राथमिकतामा राखेको जनाउँदै सामुदायिक विद्यालयको गुणस्तर सुधार, सीपमूलक तालिम विस्तार तथा सर्वसुलभ स्वास्थ्य सेवाका लागि संसदमा सशक्त आवाज उठाउने बताए ।

भेटघाटका क्रममा केही स्थानीयले विगतका प्रतिनिधिहरूले गरेका वाचा पूरा नभएको गुनासो गरे । त्यसप्रति प्रतिक्रिया दिँदै झाले अब जनताले भाषणभन्दा कामको परिणाम खोजिरहेको बताए । रास्वपाले घरदैलो अभियानलाई धनुषा–३ का अन्य वडामा समेत निरन्तरता दिने जनाएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
धनुषा–३ मा समृद्धिको नारा लिएर महतोको चुनावी अभियान

धनुषा–३ मा समृद्धिको नारा लिएर महतोको चुनावी अभियान

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य