TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जानकी फाइनान्सद्वारा क्लोथ बैंकलाई १० थान अक्सिजन सिलिण्डर सहयोग


जानकी फाइनान्सद्वारा क्लोथ बैंकलाई १० थान अक्सिजन सिलिण्डर सहयोग
ADVERTISEMENT

कोरोना संक्रमणको बढ्दो अवस्थालाई दृष्टिगत गर्दै क्लोथ बैंक धनुषाले सञ्चालन गरेको होम आइसोलेसनमा बसेकाहरुका लागि चिकित्सकिय परामर्श र अक्सिजन व्यवस्थापनको अभियानमा थप सहयोगहरु निरन्तर जुट्दै गइरहेको छ । सहयोगकै क्रममा आज (बुधबार) जनकपुरधामस्थित जानकी फाइनान्स कम्पनीले क्लोथ बैंकलाई १० थान अक्सिजन सिलिण्डर प्रदान गरेको हो ।


जानकी फाइनान्स कम्पनीका अध्यक्ष अमरनाथ गुप्तासहित फाइनान्सका निर्देशक रघुनाथ साह र सिइओ रजनिश कुमार सिंहले संयुक्त रुपमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, क्लोथ बैंकका अध्यक्ष राजिव झा तथा अक्सिजन व्यवस्थापन समितिका संयोजक मनोज चौधरीलाई प्रतिसिलिण्डर १८ हजारका दरले पर्ने कुल १ लाख ८० हजार बराबरको १० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका छन् ।

जानकी फाइनान्सका अध्यक्ष गुप्ताले क्लोथ बैंकले अक्सिजन सिलिण्डर सहयोग गरिदिनका लागि आग्रह गरेपछि आफ्नो संस्थाले यस्तो सामाजिक कार्यका लागि चासो देखाउँदै बैंकलाई आज १० थान सिलिण्डर सहयोग गरेको बताए । उनले यसअघि लकडाउनको अवधिमा समेत जानकी फाइनान्सले निशुल्क भोजनको व्यवस्थापन गर्दै आएको बताए । कोरोना विरुद्धको यस लडाईमा आम जनतालाई सहयोग गर्न पाउँदा खुसी अनुभूती भएको बताउँदै अध्यक्ष गुप्ताले आगामी दिनमा समेत यस्ता सामाजिक कामका लागि सहयोगहरु जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।

कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेकाहरुलाई आवश्यकता परेको खण्डमा बैंकले निशुल्क रुपमा अक्सिजन सिलिण्डर उपलब्ध गराउँदै आईरहेको छ । बैंकका अध्यक्ष राजीव झाले घरमै बसेर चिकित्सकको निगरानीमा उपचार गराईरहेकाहरुलाई बैंकले निःशुल्क अक्सिजन सिलिण्डर उपलब्ध गराउँदै आएको जानकारी दिएका छन् । अहिलेसम्म क्लोथ बैंकको स्टोकमा ३२ थान अक्सिजन सिलिण्डर रहेकोमा ४ वटा सिलिण्डर बिरामीको घरमा रहेको र ६२ वटा सिलिण्डर बिभिन्न ठाउँहरुबाट सहयोग स्वरुप आउन बाँकी रहेको उनले जानकारी दिए ।

कुल ८७ जना संक्रमित यस अभियानको अन्डर केयरमा रहेर चिकित्सकिय परामर्श अनुसार उपचार लिइरहेकोमा २० जना निको समेत भईसकेका छन् भने ४÷५ जना एक दुई दिनमै निको भइसक्ने अध्यक्ष झाले बताए । बाँकी रहेकाहरुको समेत स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
राष्ट्रिय खेलाडी विष्ट काेराेना संक्रमणमुक्त

राष्ट्रिय खेलाडी विष्ट काेराेना संक्रमणमुक्त

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य