सोमबार पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ । त्यस्तै, पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।
साेमवार राती पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकी भूभागमा सामान्यतया सफा रहने महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ ।
महाशाखाका अनुसार प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशको एकदुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।









तपाईको प्रतिक्रिया