जनकपुरधाम । प्रदेश २ सरकारले लक्ष्मी पूजाको अघिल्लो दिन छ जना मृतकका परिवारलाई राहत उपलब्ध गराएको छ ।
धनुषा जिल्ला स्थित मुखियापट्टी मुसहरनिया गाउँपालिकामा पोखरीमा डुबेर मृत्यु भएका पाँच जना बालिका तथा चट्टाले मृत्यु भएका एक जना गरी जम्मा छ जना मृतकका परिवारलाई राहत उपलब्ध गराएको हो ।
भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव बुधबार मृतक परिवारका घरमा गई उनीहरुलाई सम्वेदना प्रकट गर्दै राहत स्वरुप एक/एक लाख रुपैयाँ प्रदान गरेका छन् ।
मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर ६ मा नयाँ खनिएको पोखरीमा डुबेर बालिकाहरुको गत जेठ २८ गते ज्यान गएको थियो भने सोही गापा वडा नं. ३ बस्ने पुरुषको गत साउन चट्याङ लागेर मृत्यु भएको थियो ।
डुबेर मृत्यु हुनेमा पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रा कुमारी भगत, राजगीर पूर्वेकी १३ वर्षीया छोरी मञ्जु पुर्वे, जगरनाथ ठाकुरकी नातिनी १२ वर्षीया चाँदनी ठाकुर र वकिल साहकी १२ वर्षीया छोरी ललिता साहको मृत्यु भएको थियो भने चट्याङ लागेर मृत्यु हुनेमा ५५ वर्षीया सत्यनारायण साफी थिए ।














तपाईको प्रतिक्रिया