ललितपुर । ललितपुरको मंगलबजारमा आगलागीमा परी ४ जनाको मृत्यु भएको छ । शुक्रबार साँझ पुरानो तीनतले घरमा आगलागी हुँदा स्थानीय लक्ष्मीकृष्ण ताम्राकार सहित ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा परी अन्य २ जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पाटनको मंगलबजारस्थित चक्रबहिल भन्ने स्थानमा आगलागी भएको हो । ग्याँस सिलिन्डर पड्किएर आगलागी भएको भनिए पनि त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साभार अन्नपूर्णपेष्ट









तपाईको प्रतिक्रिया