काठमाडौं । सत्ता गठबन्धनको बैठकले सरकार सञ्चालनमा समन्वय गर्न ११ सदस्यीय समन्वय समिति बनाएको छ । सोमबार बेलुकी बसेको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा ११ सदस्यीय समन्वय समिति गठन गर्ने निर्णय गरेको हो । संयन्त्रमा सत्ता गठबन्धनमा रहेका ५ राजनितिक दलका २–२ जना सदस्यका रुपमा रहनेछन् ।
बैठकले मन्त्रिपरिषद्बाट सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की पनि कार्यदलका सदस्यका रुपमा रहने निर्णय गरेको छ । संयन्त्रको नेतृत्व आलोपालो हुनेछ । गठबन्धनमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा राष्ट्रिय सभाको चुनावमा मिलेर जाने सहमति भएको छ ।









तपाईको प्रतिक्रिया