जनकपुरधाम । नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले तराई–मधेश, पहाड र हिमालको संयोजन नेपाल हो । नेपालमा विभिन्न भाषा, भेषभुषा, जाति, धर्म, संस्कृति र संस्कारहरु रहेको बताउदै विविधतालाई संयोजन गर्नु नेपालीको कार्तव्य रहेको बताए ।
प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा अवस्थित सिता प्यालेस होटलमा मंगलबार मैथिली विकास कोषद्वारा आयेजित स्वागत तथा सम्मान कार्यक्रममा गृहमन्त्री खाँणले मिथिलाको संस्कृति मिथिलावासीका लागि मात्र नभएर नेपालको गहनाको रुपमा रहेको बताए ।
अहिले ‘विभिन्न भाषा विभिन्न भेष, विभिन्न संस्कृति हाम्रो देश’ नेपाल हो, भन्दै सबैको संस्कृतिलाई सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले,‘ पहिले नेपालमा ‘एउटै भाषा एउटै देश’ भन्ने नारा लागेको पनि चर्चा गरे ।’
मन्त्री खाँणले,‘आफ्नो भाषा संस्कृतिलाई सबल र समुन्नत गर्नुका साथै अरुको भाषा संस्कृतिलाई पनि सम्मान गर्नु सबै नेपालीका लागि महत्वपूर्ण विषय रहेको बताए ।
उनले, ‘मैथिली भाषा र संस्कृति विकासका लागि सरकार प्रतिबद्ध रहेको जानकारी दिदैं वर्तमान सरकारले ठोस कदम चाल्ने विश्वास समेत व्यक्त गरे ।
उक्त कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघले व्यापास सम्बन्धमा, नेपाली कांग्रेस धनुषाले मधेश विकासको मेरुदण्डका रुपमा रहेको धनुषा र सिरहा जोड्ने कमला नदीमा रहेको पुल पुनः सञ्चालन सम्बन्धमा, मैथिली विकास कोष तथा राहत शिक्षक संघले गृहमन्त्री समक्ष ज्ञापनपत्र बुझाएका थिए ।



कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष जिवनाथ चौधरीले मन्त्री खाँणलाई सम्मान स्वरुप मिथिला चित्रकला समेत प्रदान गर्नु भएको थियो ।
उक्त सम्मान कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री रामसरोज यादव, कांग्रेसका नेता महेन्द्र यादव, मैथिली विकास कोषका अध्यक्ष जिवनाथ चौधरी लगायतको उपस्थिति रहेको थियो ।









तपाईको प्रतिक्रिया