जनकपुरधाम । प्रदेश नं. २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशले पठाएका दुईवटा अध्यादेश जारी गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद् बैठकबाट सिफारीस भएका प्रदेश प्राविधिक विश्वविधालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश कृषि विश्वविधालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशलाई मन्त्रिपरिषद्को सिफारीसमा प्रदेश प्रमुख मिश्रले जारी गरेका हुन् ।
प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले कात्तिक ९ गते दुई वटा अध्यादेश जारी गर्न प्रदेश प्रमुख समक्ष सिफारीस गरी पठाउने निर्णय गरेको थियो ।
प्रदेश प्रमुख मिश्रले मंगलबार नेपालको संविधानको धारा २०२ वमोजिम अध्यादेश जारी गरेका छन् ।
राजविराजमा कृषि विश्व विद्यालय र वीरगंजमा प्राविधिक विश्व विद्यालय स्थापना गर्ने प्रक्रिया अगाडि बढाउन प्रदेश सरकारले अध्यादेश सिफारीस गरेको थियो ।
कृषि तथा प्राविधिक क्षेत्रका उच्चस्तरीय जनशक्ति उत्पादन तथा कृषि र प्राविधिक सम्बन्धी अध्ययन अनुसन्धानलाई समय सापेक्ष, व्यापक, व्यवहारिक र स्तरीय बनाउन प्रदेश स्तरीय कृषि तथा प्राविधिक विश्वविद्यालय स्थापना आवश्यक देखिएको अध्यादेशमा उल्लेख छ ।










तपाईको प्रतिक्रिया