TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जनकपुरबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना, २ जनाको मृत्यु, १५ जना घाईते ( नामसहित )


जनकपुरबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना, २ जनाको मृत्यु, १५ जना घाईते ( नामसहित )

file photo

ADVERTISEMENT

मकवानपुरको हेटौँडामा यात्रु बाहक बस र ट्रक एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।  पूर्व पश्चिम राजमार्ग अन्तर्गतको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा जनकपुरबाट हेटौँडा हुँदै काठमाडौँतर्फ जाँदै गरेको ना ७ ख ८७६ नम्बरको यात्रु बाहक बसलाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नम्बर २ ०३०१ ख ५०३५ नम्बरको ट्रकले गए राती १२ः३० बजेको समय एक आपसमा ठक्कर खाएका थिए ।


दुर्घटनामा बसमा सवार २ जना पुरुष यात्रुको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा बसमा सवार हाल नाम थर वतन नखुलेको वर्ष अन्दाजी ३० का २ जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

उनीहरूको हेटौँडा अस्पतालमा उपचारको क्रममा राति साँढे १ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको मृत्यु घोषणा  गरेको प्रहरी नायव उपरीक्षक रिमालले बताए । उनीहरूको शव हेटौँडा अस्पतालको शव गृहमा राखिएको छ । उनका अनुसार दुर्घटनामा थप १८ जना घाइते भएका छन् । घाइते मध्ये १५ जनाको हेटौँडा–११ स्थित चुरेहिल अस्पतालमा र ३ जनाको हेटौँडा–१ मा रहेको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

ट्रकको बाराको निजगढ नगरपालिका–४ पुरानोटोल बस्ने वर्ष ३३ को टंकबहादुर बि.क.सामान्य सामान्य घाइते भएको र हाल उनी  प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक रिमालले बताए । घाइते हुनेहरूमा महोत्तरी बर्दिवास नगरपालिका–१४ बस्ने वर्ष ३९  को ज्ञानेन्द्र चौधरी, धनुषा बिदय नगरपालिका–३ बस्ने वर्ष २६ को महमद सकिल अमद, धनुषा बस्ने वर्ष ३५ को शम्भु दास रहेको प्रहरीले जनाएको छ । उनीहरूको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरे बस्ने वर्ष ५९ को सुर्य ब.सुनार, धनुषाको सहिदनगर नगरपालिका–२ बस्ने वर्ष २६ को प्रवल कुमार यादव, धनुषाको धनुषा नगरपालिका–७ किसनपुर बस्ने वर्ष २८ को सुरेश सदा, धनुषाको धनैजी नगरपालिका–१ औरहि बस्ने वर्ष २१ को शम्भु कुमार महरा, धनुषा कमला नगरपालिका–२ राधे बस्ने वर्ष ३९ को रविन्द्र मण्डल, काभ्रेको मण्डन देउपुर नगरपालिका–७ बस्ने वर्ष २९ को हरी कुमार श्रेष्ठ, धनुषाको मिथिला नगरपालिका–९ बस्ने वर्ष २३ को कवि गिरी, धनुषा जनक नन्दनी गाउँपालिका–४ खजुरी बस्ने वर्ष ३८ को विपद दास, जनक नन्दनी गाउँपालिका–३ बस्ने वर्ष २० को अल्ताब राईम, कमला–२ बस्ने वर्ष ३७ को झगडु सहनी, जनक नन्दनी–३ बस्ने वर्ष ३७ को अवताबुल रहमान, सहिदनगर–५ बस्ने वर्ष ३२ को जितेन्द्र महरा, कमला–२ बस्ने वर्ष ३६ को राम भरौजी मुखिया, बसका सहचालक जनक नन्दनी–६ बस्ने वर्ष १९ को शुवम झा, ट्रकको सहचालक निजगढ–४ बस्ने वर्ष २५ को बासुदेव गोले रहेका छन् । उनीहको अवस्था मध्यम स्तरको रहेको प्रहरीले जनाएको छ । उनीहरूको चुरेहिल अस्पताल मकवानपुरमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक रिमालले बताए । घटना बारे थप अनुसन्धान भइरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
धनुषामा यात्रुबाहक बस दुर्घटना, १२ यात्रु घाइते

धनुषामा यात्रुबाहक बस दुर्घटना, १२ यात्रु घाइते

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य