हाल नेपालमा वर्षा हुने कुनै उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिवार बिहान प्रदेश १ प्रदेश २ र बाग्ममती प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।
त्यस्तै, राती देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।
त्यस्तै, महाशाखाले देशभर चिसाे बढ्ने क्रम जारी रहेकाले सजगता अपनाउन तथा बिहानकाे समयमा हिँडडुल नगर्न अनुराेध गरेकाे छ । बालबालिका तथा जेष्ठ नागरिकका लागि चिसाेबाट बच्न विशेष व्यवस्था गर्न पनि महाशाखाले अनुराेध गरेकाे छ ।









तपाईको प्रतिक्रिया