केही दिनदेखि विश्वभर कोरोना संक्रमण घटबडकाे क्रम जारी छ । विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र मृत्यु दर घटबढ भइरहेकाे देखाएको हो ।
निको हुनेको संख्या बढिरहेको पाइएको छ । नेपालमा केही दिन यतादेखि कोरोना संक्रमितको संख्या घटिरहेकाे छ र निकाे हुनेकाे संख्या बढिरहेकाे छ । त्यस्तै, मृत्यु हुनेकाे संख्या पनि घट्दाे क्रममा रहेकाे छ ।
विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ७ हजार ६२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमाब कोरोना संक्रमणबाट ७ हजार ६२ को मृत्यु भएको हो ।
त्यस्तै, विगत २४ घण्टामा विश्वभर ४ लाख ९५ हजार ९१६ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म २५ करोड ३१ लाख ७५ हजार ४२३ जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै, २२ करोड ८९ लाख ६४ हजार ९५४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।
विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार मृत्यु हुनेको संख्या ५१ लाख ३ हजार ३०२ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ४६९ जनाको ज्यान गएको छ । ७ हजार ४९८ जना सक्रिय संक्रमित रहेका छन् भने ८ लाख १६ हजार ४४५ जनामा संक्रमण भइसकेको छ ।
त्यस्तै, ७ लाख ९७ हजार ४४८ जना संक्रमित निको भइसकेका छन् ।









तपाईको प्रतिक्रिया