सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज बस्दैछ। दुई दिनसम्म चल्ने केन्द्रीय कमिटीको पूर्ण बैठकका अजेण्डा शुक्रबार बसेको स्थायी कमिटीको बैठकले तय गरेको हो । जसअनुसार पार्टीको सांगठनिक संरचना लगायतका विभिन्न विषयमा छलफल गर्न केन्द्रीय कमिटीको पूर्ण बैठक बस्न लागेको समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले बताए।
उपमहासचिव तुलाधरले केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय अनुशासन आयोग, लेखा र निर्वाचन आयोगका सदस्यहरुको शपथ ग्रहण गराउनेदेखि अन्य अजेण्डा रहेको जानकारी दिए। बैठकबाट पार्टीको स्पष्ट दृष्टिकोण सार्वजनिक गर्ने तयारीसमेत गरिएको छ। ‘केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष र सम्मानित नेताले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ,’ उनले भने, ‘त्यसैगरी संघीय मन्त्री र प्रदेश १ तथा बागमतीका मुख्यमन्त्रीले पनि आफ्नो कार्ययोजना पेस गर्नुहुनेछ।’केन्द्रीय कमिटीको बैठकमा सातवटै प्रदेशको तर्फबाट त्यहाँका इन्चार्जले प्रदेशको अवस्थाका बारेमा रिपोर्टिङ पनि गर्ने पनि जनाइएको छ ।









तपाईको प्रतिक्रिया