मंगलवार प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावाना रहेकाे महाशाखाकाे भनाइ छ ।
त्यस्तै, राती देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले देशभर जाडाे बढ्ने क्रम जारी छ । चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन सर्वसाधारणमा महाशाखाले अनुराेध गरेकाे छ।









तपाईको प्रतिक्रिया