नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आह्वान गरेको नेपाल बन्दका कारण देशभरकाे जनजीवन प्रभावित बनेको छ । पेट्राेलियम पदार्थकाे मूल्यबृद्वीका विरूद्व गरिएकाे बन्दका कारण देशभरकाे जनजीवन प्रभावित बनेकाे हाे ।
काठमाडौं लगायत देशभर मंगलवार विहानै देखी सार्वजनिक सवारी साधन कम चलेका छन् । लामाेदूरीका सवारी साधन भने चलेका छैनन् । निजी सवारी र अत्यावश्यक सामान तथा खाद्यान्न बोकेका गाडीहरु भने केही मात्रामा चलेका छन् । आज बिहानैदेखि देशभर गरिएको बन्दमा संलग्न ११५ जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बताउनुभयो । उहाँका अनुसार काठमाडौंका दशलगायत देशभरबाट ११५ जनालाई पक्राउ गरिएको हो ।
अनेरास्ववियु क्रान्तिकारीका बाग्मती प्रदेश इञ्चार्ज राजन साउदसहित नेता, कार्यकर्ता पक्राउ परेका बताउँदै स्वतस्फुर्तरूपमा सर्वसाधरणले समेत बन्दकाे समर्थन गरेका कारण बन्दकर्ताले सवारी आवागमनमा अवरोध पुर्याउन नपरेकाे नेकपाका एक नेताले जानकारी दिएका छन् ।
सुरक्षाकर्मी व्यापकरुपमा परिचालन गरिएकाेले ४० प्रतिशत गाडी सडकमा चलेको प्रवक्ता प्रहरी प्रवक्ता कुँवरले बताउनुभयो ।









तपाईको प्रतिक्रिया