जनकपुरधाम । जनमत पार्टीको पक्राउ परेका १७ जना नेता कार्यकर्ताहरु रिहा भएका छन् ।
मंगलबार जिल्ला अदालत धनुषाले उनीहरुलाई धरौटीमा रिहा गरेको हो ।
पक्राउ परेका जनमत पार्टीका १७ जना नेताकार्यकर्ताहरु रिहा भएको खुसीयालीमा जनमत पार्टीले जनकपुरमा अबेर राति विजयी जुलुस निकालेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, पक्राउ परेका १७ जना मध्ये ७ जना ५०÷५० हजार र बाँकी १० जना १÷१ लाख रुपैयाँ धरौटी तिरेर रिहा भएका हुन् ।
गत कात्तिक ४ गत संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका निमित्त प्रमुख राजेश कुशवाहालाई कुटपिट गर्दै नगर घुमाएको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले उनीहरुलाई पक्राउ गरिएको थियो ।









तपाईको प्रतिक्रिया