जनकपुरधाम उप–महानगरपालिकाले नगरक्षेत्रमा फगिङ्ग गर्ने कार्यलाई तीव्रता दिएको छ । केही दिन देखि नगरक्षेत्रमा बढेको लामखुट्टेको प्रकोप नियन्त्रण गर्नकालागि फगिङ्ग गर्ने कार्यलाई तीव्रता दिएको छ ।
नगर क्षेत्रमा लामखुट्टेको प्रकोप बढेको छ । बेलुका हुने वितिकै यहाँ लामखुट्टे टोक्ने गरेको छ । जनकपुरधाम उप– महानगरपालिकाका मेयर लाल किशोर साहले भने–‘हरेक नागरिकलाई सहजता प्रदान गर्ने कार्य जनप्रतिनिधिको हुन्छ, यहाँ लाम खुट्टेको प्रकोप बढेको छ त्यसलाई नियन्त्रण गर्नु जरुरी छ ।’ बेलुका उप– महानगरपालिकाका कर्मचारीहरुले अत्याधुनिक मेसिनका साथ नगरक्षेत्र भित्र फगिङ्ग गरेपछि त्यस क्षेत्रमा लामखुट्टे नियन्त्रणमा देखिएको छ भने आम जनताले भने राहत महसुस गरेका छन् ।
यहाँका नालाहरु भूमिगत भएपछि लामखुट्टेको प्रभाव कम देखिएपनि जे छ त्यसलाई नियन्त्रणमा लिनकालागि मेयर साहको प्रयास सराहनीय रहेको युवा नेता धर्मेन्द्र साहले बताए । उनले भने–‘यहाँ लामखुट्टे र सरसफाईमा जुन प्रकारले उप–महानगरपालिका नियन्त्रण पाइरहेका छन् त्यो सराहनीय छ ।’ जनकपुरधामले केही बर्षमै गरेको विकास निर्माणको कार्यले जनकपुरधामको पहिचान बदलिएको छ अव मात्रै सरसफाई र स–साना कुरामा ध्यान दिनुपर्ने संघीय परिषद सदस्य नवीन यादवले भने ।
उनले–‘जनकपुरधामलाई धामको रुपमा पहिचान दिन सफल हुनु भएका जनकपुरधामका मेयरलाई जनकपुरधामका जनताले धन्यवाद दिनुपर्ने पर्छ ।’ अहिले फगिङ्गको उपयुक्त समय थियो, जनताको माग थियो जुन पुरा भएको उनले बताए









तपाईको प्रतिक्रिया