आगामी १४ औं महाधिवेशन अन्तर्गत १४ जिल्लामा नेपाली काँग्रेसको नयाँ नेतृत्वको चयन भएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट संखुवासभामा दीपक खड्का, कालीकोटमा अम्मबहादुर शाही, दोलखामा बर्मा लामा, मुस्ताङमा रोमी गौचन, रुकुम पूर्वमा केशरमान रोका, गोरखामा नन्दप्रसाद न्यौपाने र बाजुरामा रामसिंह रावल चुनिएका छन्। देउवा समूहबाट ताप्लेजुङमा गजेन्द्रप्रसाद तुम्याहाङ, हुम्लामा मोहनविक्रम सिंह, रामेछापमा पूर्णबहादुर तामाङ (कान्छाराम), मुगुमा ऐनबहादुर शाही, बझाङमा खडक बोहरा म्याग्दीमा खमबहादुर गर्बुजा र मनाङमा शंकर गुरुङ जिल्ला सभापति चुनिएका छन्।
यसैबीच म्याग्दीको सभापतिमा खमबहादुर गर्बुजा (खम्बिर) सर्वसम्मत चयन हुनुभएको छ । बेनीमा बुधबारदेखि सुरु भएको सातौं जिल्ला अधिवेशनबाट केन्द्रीय सभापति शेरबहादुर देउवा निकट गर्बुजा सर्वसम्मत चयन हुनुभएको भएको हो । सभापति पदमा गर्बुजाको मात्र उम्मेदवारी परेपछि उहाँ सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ । गर्बुजाको कार्यसमिति सभापतिमा यो दोस्रो कार्यकाल हुनेछ ।









तपाईको प्रतिक्रिया