विदेश । पाकिस्तानमा बलात्कारीविरुद्ध नयाँ कानुन पास भएको छ । बुधबार संसदबाट पास भएको कानुनअनुसार बलात्कारीलाई अब रसायनिक बन्ध्याकरण गरिनेछ ।
रोयटर्समा प्रकाशित समाचारअनुसार ‘केमिकल क्यास्ट्रासन’ गरेर बलात्कार गरेको पुष्टि भएका व्यक्तिलाई ‘आजीवन शारीरिक सम्बन्ध राख्न नसक्ने’ गरी अदालतले औषधी प्रयोग गर्न आदेश दिन सक्नेछ । अदालतको आदेशअनुसार तोकिएको मेडिकलले औषधी सिफारिस गर्नेछ ।
गत वर्ष प्रधानमन्त्री इमरान खानले बलात्कारीविरुद्ध नयाँ कानुन ल्याउने बताएका थिए । सोहीअनुरुप उनले ल्याएको विधेयकलाई संसदले पास गरेको हो ।
पाकिस्तानमा थुप्रै बलात्कारका घटना भएपनि अदातलको कठघरामा ३ प्रतिशत मात्र पुग्ने गरेको एक सामाजिक संस्थाको अध्ययनले देखाएको छ । पछिल्लो समय एमनेस्टी इन्टरनेशनलले पनि बलात्कार गर्नुका कारणबारे अध्ययन गरिरहेको बताइएको छ ।
पाकिस्तान संसदले पास गरेको आजीवन नपुंशक बनाउन पाउने कानुन पोल्यान्ड, दक्षिण कोरिया, चेक रिपब्लिक तथा अमेरिकाका केही राज्यहरूले यसअघि नै लागू गरेका छन् ।
‘केमिकल क्यास्ट्रासन’ बारेः
यो एक प्रकारको उपचार पद्धति हो । विशेषगरी क्यान्सरका बिरामीको उपचारका लागि यो प्रयोग गरिन्छ । यसले यौन क्रियाकलाप तथा यौनेच्छा घटाउँछ । औषधी प्रयोग गरेर गरिने यो उपचार पद्धतिबाट कुनैकुनै अंगले आजीवन कार्य गर्न नसक्ने पनि हुन्छ ।









तपाईको प्रतिक्रिया