जनकपुरधाम । नेपालीक काँग्रेसको १४ औं अधिवेशन अन्तर्गत नगर अधिवेशनमा कमला नगरपालिकामा सभापतिमा शिवशंकर यादव निर्वाचित भएका छन् ।
धनुषा जिल्लाको सो पालिकामा मतदान प्रक्रियाबाट ५९ मत ल्याई सभापतिमा यादव निर्वाचित भएका हुन् ।
मंगलबार भएको निर्वाचनको क्रममा यादव नगर सभापतिमा विजयी भएका हुन् ।
नेपाली काँग्रेसमा सक्रिय रहँदै आएका यादव सभापतिमा पहिलेदेखि नै आकांक्षी रहेका थिए । यस्तै, उपसभापतिमा कुशेश्वर मरिक र महादेव यादव निर्वाचित भएका छन् ।
नगर कार्य समितिको सचिवमा त्रिभुवन (गौतम) यादव र सन्तोष लखनदई निर्वाचित भएका छन् । नेपाली काँग्रेसको नगर कार्य समितिको उपसचिवमा जीतन महरा र सरोज यादव निर्विरोध भएका छन् । साभार ई न्यूज ब्यूरो (तस्बिर र समाचार)









तपाईको प्रतिक्रिया