जनकपुरधाम । धनुषाको कमला नगरपालिका कार्यालयमा तालाबन्दी हुँदा कामकाज थप्प भएको छ ।
जिल्लाको पूर्वी क्षेत्रमा पर्ने कमला नगरपालिका वडा नम्बर १ मँगराहास्थित रहेको जनता माध्यमिक विद्यालयमा देखा परेपछि विभिन्न समस्याका कारण नगरपालिका कार्यालयमा तालाबन्दी गरेको जनाइएको छ ।
विद्यालयमा समस्या हुँदा नगरपालिकामा तालाबन्दी गर्नुले पालिकाका कामकाजमा प्रभावित भएको हो ।
पालिकाको काम र सेवाग्राहीका समस्यालाई मध्यनजर गर्दै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र कुमार सढानले मंगलबार एक पत्र जारी गर्दै जिल्ला प्रशासन कार्यलय धनुषा र शिक्षा विकास तथा समन्वय ईकाई धनुषालाई बोधार्थ गर्दै विद्यालयलाई पत्र जारी गरेका हुन् ।
अधिकृत सढानले शिक्षा शाखाको तर्फबाट पत्र जारी गर्दै मँगराहा विद्यालय व्यवस्थापन समितिलाई तीन दिने अल्टिमेटमसहित पत्र जारी गरेका हुन् । मंगलबार साँझ अधिकृत सढानले शुक्रबारसम्म समस्या समाधान गरी रिपोर्टिङ गरी पत्राचार गर्न पत्र जारी गरेको बताएका छन् ।
अधिकृत सढानले, ‘समस्याको सूचना आए लगत्तै निराकरणको लागि उपाय अवलम्बन गरेको समेत जानकारी दिए ।
विद्यालयमा देखिएको समस्याप्रति चासो लिँदै अधिकृत सढानले जहाँ समस्या त्यही समाधान गर्नुपर्ने बताउदै तीनदिने अल्टिमेटमसहितको पत्र जारी गरेका हुन् ।
उनले भने, ‘चाडपर्वमा विदा भएका कारण धेरैदिनसम्म कामकाज थप्प्प भएको थियो तर अब काम गर्ने समयमा पालिका कार्यालयमा तालाबन्दी हुँदा पालिकाका कामलगायत सेवाग्राही समेत मार्कामा परेका छन् ।










तपाईको प्रतिक्रिया