काठमाडौं । भारतीय–अमेरिकी र्यापर राजा कुमारी नेपाल आउने भएकी छन् । डिसेम्बर ८ मा क्लब फरेनहाइटमा कन्सर्ट गर्न उनी नेपाल आउने भएकी हुन् ।
कन्सर्टका लागि टिकटको व्यवस्था गरिएको छ । नेपाल कोरोना कहरबाट मुक्त हुँदै गरेको सन्देश पु¥याउन उनलाई नेपाल बोलाइएको क्लब फरेनहाइटले जनाएको छ ।
गीतका शब्द र मोडर्न पोयट्रीकी रानी भनेर परिचित स्वेथा राओ उर्फ राजा कुमारीका नेपाली फ्यान यतिखेर उत्साहित छन् । पुरुष आवाजको दबदबा रहेको भारतीय संगीत क्षेत्रमा राजा कुमारी त्यस्तो नाम हो जसले ¥याप विधामा एक्लैले राज गरिरहेकी छन् ।
गायन, लेखनमा निडर राजा कुमारी पूर्व र पश्चिमा संगीत जोड्ने सेतु हुन् । पग्लैट, स्केटर गर्ललगायतको फिल्ममा आवाज दिइसकेकी उनले डिभाइनसँग ’सिटी स्लम’मा आवाज दिएकी थिइन् ।









तपाईको प्रतिक्रिया