TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

धनुषाको मावि मिथिलेश्वरमा विद्यार्थीको जिवनसंग खेलबाड, छात्रासंग साइकल ढुवानी खर्चको नाममा असुलि


धनुषाको मावि मिथिलेश्वरमा विद्यार्थीको जिवनसंग खेलबाड, छात्रासंग साइकल ढुवानी खर्चको नाममा असुलि
ADVERTISEMENT

धनुषाको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकले विद्यार्थीसँग अवैधानिक रुपमा रकम असुलेको पाइएको छ ।


जिल्लाको मिथिला विहारी नगरपालिका वडा नम्बर–३ मिथिलेश्वर मौवाहिस्थित श्री माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूसँग प्रधानाध्यापक लालबाबु यादवले अवैधानिक रुपमा रकम असुलेका हुन् । प्रदेश २ सरकारको ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत सामुदायिक विद्यालयहरुमा निःशुल्क रूपमा साइकल पाउनुपर्नेमा सो विद्यालयका प्रधानाध्यापक यादवले साइकल वितरण नै नगरि करीब ७ महिनाअघि ५३ जना छात्राको अभिभावकसँग प्रतिछात्रा ३ सय रुपैयाँ असुलेका छन् ।

विद्यालयले असुलेको उक्त रकमको कुनै रसिद समेत नदिएको कक्षा ९ मा अध्ययनरत छात्रा प्रिति कुमारी दासले बताइन् । उनले भनिन्,‘प्रधानाध्यापक यादवले साइकलवापत छात्राहरुसँग ३ सय रुपैयाँ लिएको ७ महिना भईसक्यो तर, अहिलेसम्म हामीलाई साइकल दिनुभएको छैन् ।’

त्यस्तै, सोही कक्षामा अध्ययनरत सुहाना खातुनले भनिन्,‘आफूहरु कक्षा ८ मा पढिरहेकै बेला प्रधानाध्यापक यादवले साइकल दिने भन्दै प्रतिबिद्यार्थी ३ सय रुपैयाँ लिएका थिए । तर, हामी अहिले कक्षा ९ मा आइसक्दासमेत साइकल पाएका छैनौं ।’

दिवा खाजामा विद्यालय व्यवस्थापनको चरम लापरबाही

विद्यालयद्वारा विद्यार्थीलाई दिने गरिएको दिवा खाजामा विद्यालय व्यवस्थापानले चरम लापरबाही गरेको देखिएको छ । विद्यालयले दिवाखाजाको नाममा बासी खिचडी दिने गरेको पाईएको छ । विद्यार्थीहरुले सो बासी खिचडी खाँएर विसन्चो भएको र कतिपय विद्यार्थीलाई तत्कालै वान्ता समते भएको बिद्यार्थी स्वमले गुनासो गरेको छन ।

कक्षा ३ मा अध्ययनरत छात्र हामिद राईनले शिक्षक शिक्षिकाहरु आफै ताजा खाजा पकाएर खानेगरेपनि बिद्यार्थीलाई भने बासी खाजा खुवाईरहेको बताए । ‘३ घण्टी पढाएर नै विद्यालयमा छुट्टी भईहाल्छ,’उनले भने,विद्यालयमा पढाई पनि राम्ररी हुँदैन् ।

विद्यालयका प्रधानाध्यापक यादवले विद्यालयमा समय–समयमा आफ्नो मनोमानी गर्दै आएको स्थानीय यूवा संजय ठाकुरको आरोप छ । उनले प्रधानाध्यापक लालबाबु यादवले विद्यालयमा पठनपाठन नगराई राजनीति गर्ने अखडा बनाएको र विद्यार्थीको भविष्यसँग खोलवाड गर्ने प्रवृति उनमा हावी भएको आरोप लगाए ।

विद्यालयलाई राजनीतिको अखडा बनाइ शिक्षास्तर धारासायी बनाएका उनले विगत ५ वर्षदेखि स्कुलको हरहिसाबसमेत हालसम्म विभिन्न बहाना र विभिन्न राजनीतिक संरक्षणका कारण पारदर्शी नगरेको संजयको आरोप छ ।

गाउँका भद्रभलाद्मीले विगत ५ वर्षदेखि हरहिसाब माग्दा उनले पटक पटक समय मात्र दिने गरेको र दबाब बढाएपछि गत असोज ११ गते लिखित सम्झौताअनुसार कात्तिक २३ गते सम्पूर्ण हरहिसाब सार्वजनिक गर्ने प्रतिबद्धता जनाए पनि कात्तिक ५ गते वार्षिक प्रतिवेदन मात्र प्रस्तुत गरेको ठाकुरले बताए ।

त्यसपश्चात उनको विरोध गर्दा उनले दुई दिनभित्र हरहिसाब सार्वजनिक गर्ने बताए पनि पछि एक महिनासम्म बिरामी बिदा लिएर घर बसेको संजयले बताए । बिरामी बिदा लिएर घर बसेका प्रधानाध्यापक यादव कात्तिक महिनाभर गायब भएको उनको गुनासो छ । उनको क्रियाकलापदेखि रुष्ट बनेका केही शिक्षकलाई उनका समर्थक शिक्षकहरूले अभिभावकलाई धाक धम्की र दबाबसमेत दिएको बताइएको छ । विद्यालयमा करिव १ हजार ४ सय विद्यार्थी अध्ययनरत छन् ।

यस सम्बन्धमा प्रधानाध्यापक यादवले मुख्यमन्त्री कार्यालयबाट सो विद्यालयका लागि अहिलेसम्म साइकल उपलब्ध नगराईएको बताए । उनले विद्यालयलाई अन्य कुनै आम्दानीको स्रोत नरहेकोले आपसि सहमतिकै आधारमा छात्राहरुको अभिभावकसँग साइकल ढुवानी खर्चको नाममा प्रतिबिद्यार्थी ३ सय रुपैयाँ लिएको स्विकार गरेका छन् । बासी खाजाको बारेमा आफूलाई कुनै जानकारी नरहेको भन्दै उनी पन्छिन खोजेका छन् भने विद्यालयकै एक जना शिक्षकले, बासी खाजा भूलचुक बस विद्यार्थीलाई दिएको बताए ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
तपाईको आजको राशिफल (मङ्सिर १० गते शुक्रबार )

तपाईको आजको राशिफल (मङ्सिर १८ गते शनिबार)

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य