जनकपुरधाम । शिक्षा सुधार अभियान एक पवित्र उद्देश्यका साथ अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा “सबै बालबालिकाहरू पुर्ण समय दिवा विद्यालयमा हुनुपर्ने” एक सार्थक अभियानको शुभारम्भ गरिएको छ ।
संघीय शिक्षा तथा विज्ञान प्रविधि राज्यमन्त्री बोधमाया यादव र प्रदेश सांसद रामअशिष यादवले संयुक्त रुपमा शिक्षा सुधार अभियानको शुभारम्भ गर्नुभएको छ ।
आसमान नेपालको आयोजनमा जनकपुरधाममा शुभारम्भ गरिएको अभियानलाई सम्बोधन गर्दै अधिकांश वक्ताहरुले शिक्षा सुधार नभएसम्म प्रदेश र देशको समृद्धि हुन नसक्ने कुरामा जोड दिएका छन् ।
आसमान नेपालका कार्यकारी निर्देशक नवलकिशोर यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बहुसंख्यक स्वयंसेवकहरुको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा कुशल अभिभावक असगर अलि, विज्ञ गुरु सुवेदी सहितका वक्ताहरुले बोल्नु भएको थियो ।
सो अभियानका अभियन्ता युवा रौकि प्रसाद साहले कार्यक्रमको संचालन गर्नुभएको थियो ।









तपाईको प्रतिक्रिया