TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

बेलायतमा भयावह बन्दै कोरोना, एकै दिन ९३ हजार बढी सङ्क्रमित


बेलायतमा भयावह बन्दै कोरोना, एकै दिन ९३ हजार बढी सङ्क्रमित
ADVERTISEMENT

बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या  निरन्तर उकालो लाग्दै गएको छ । विगत तीन दिनयता दैनिक सङ्क्रमित सङ्ख्याले लगातार नयाँ कीर्तिमान कायम गर्दै आएको छ । पछिल्लो २४ घण्टामा मात्र ९३ हजार भन्दा बढी नयाँ सङ्क्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ को तथ्याङ्कमा उल्लेख छ ।


यसअघि कोरोना सङ्क्रमणको तेस्रो लहरमा सबैभन्दा बढी ६८ हजार सङ्क्रमित रहेका थिए भने बुधबार ७८ हजार ६१० र बिहीबार ८८ हजार ३७६ सङ्क्रमित थपिएका थिए । यसरी दैनिक हजारौँको सङ्ख्यामा सङ्क्रमित थपिन थालेपछि बेलायतमा उच्च सतर्कता अपनाउन लागिएको छ ।

बेलायतमा हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या एक करोड ११ लाख ९० हजार ३५४ पुगेको छ । नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ का कारण बेलायतमा झन्डै १५ हजार सङ्क्रमित भइसकेका छन् । बितेको २४ घण्टामा मात्र तीन हजार २०१ जनामा ओमिक्रोनको पुष्टि भएको छ ।  अघिल्लो साताको तुलनामा यो साता सङ्क्रमण दर ६० प्रतिशतले वृद्धि भएको अधिकारीहरूले बताएका छन् ।

यसै गरी कोरोनाका कारण बितेको २४ घण्टामा १११ जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख ४७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ९००  सङ्क्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका सङ्क्रमितको सङ्ख्या ७ हजार ६ सय ११  छ । यस्तै ८७५ सङ्क्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

सङ्क्रमण दर बढेसँगै अस्पतालहरूमा पनि बेडको अभाव हुनसक्ने चिन्ता बढेको छ । यसअघिको पिक समयमा  दैनिक अस्पताल भर्ना हुनेको  सङ्ख्या चार हजार ५८३ पुगेको थियो ।

बेलायतमा हालसम्म कोरोनाविरुद्धको १२ करोड ४६ लाख ५६ हजार १०३ डोज खोप वितरण भइसकेको छ । जसमध्ये पाँच करोड १३ लाख ९३ हजार ६६४ जना अर्थात् ८९.४ प्रतिशतले खोपको पहिलो र ४ करोड ६९ लाख २३ हजार ७८८ जना अर्थात् ८१.६ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्याङ्कमा उल्लेख छ । यसै गरी २ करोड ६३ लाख ३८ हजार ६५१ अर्थात् ४५.८ प्रतिशतले बुस्टर डोज लगाएका छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
भारतमा नेपाली मजदुर चढेको बस दुर्घटना हुँदा बालकको मृत्यु, ५ जना घाइते

भारतमा नेपाली मजदुर चढेको बस दुर्घटना हुँदा बालकको मृत्यु, ५ जना घाइते

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य