जनकपुरधाम । प्रदेश २ को राजधानी जनकपुरधामस्थित आसमान नेपालको अगुवाईमा नागरिक सक्रियता र उत्थान परियोजना अन्तर्गत प्रदेश स्तरिय असल अभ्यास र सिकाइहरुको प्रस्तुतिकरण एवं छलफल सम्पन्न भएको छ ।
जनकपुरधाममा मंगलबार सम्पन्न भएको सो कार्यक्रमका प्रमुख अतिथि प्रदेश २ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव हरिप्रसाद मैनालीले सरकार वा गैर सरकारी निकायले जनताकै हितमा काम गर्ने बताउनुभयो । जुनसुकै निकायले काम गरेपनि जनताकै लागि काम गर्ने हुँदा प्रतिस्पर्धा नगरी काम गर्न गैरसरकारी संस्थाहरुलाई आग्रह गर्नुभयो । उहाँले तिनै तसहको सरकारले त्यहि एउटै जनताको लागि काम गर्ने हो, त्यसैले संघीय, प्रदेश तथा स्थानीय सरकारका योजनाहरु उपयुक्त रुपमा लागु हुनसके समतामुलक समाजको निर्माण हुने उल्लेख गर्नुभयो । मन्तव्यमा प्रमुद सचिव मैनालीले आसमान नेपाल धेरै वर्षदेखि शिक्षा क्षेत्रमा काम गरिरहेको संस्था हो । यस परियोजनाले सरकारलाई पनि मदत मिलेको बताउनुभयो ।
यसैगरी मन्तव्यकै क्रममा समाजिक विकास मन्त्रालयका सचिव इमनारायण श्रेष्ठले कुनैपनि गैरसरकारी संस्थाहरुले तिनै तहको सरकारमध्ये कुनैसँग पनि सहकार्य गरेर काम गर्न सकिनछ तर, सधै त्यसमै भर नपर्न स्थानीय निकायलाई आग्रह गर्नुभयो ।
यस्तै महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयका सचिव केशवप्रसाद विमलीले सरकारले आसमान नेपालसँग केहि सिक्नुपर्ने बताउनुभयो ।
स्वास्थ्य निर्देशनालय प्रदेश २ का निर्देशक विजयकुमार झाले जबसम्म मानिस शिक्षित एवं स्वस्थ हुँदैन तबसम्म आर्थिक उन्नतिको कल्पना गर्न नसक्ने बताउनुभयो ।
परियोजनाबाट लाभ लिनेहरुले आफ्ना अनुभव प्रस्तुत गरेका थिए । भने स्थानीय तहका जनप्रतिनिधिले पनि परियोजनाले आफ्ना पालिका क्षेत्रमा गरेका योगदानका विषमा चर्चा गरेका थिए ।
कार्यक्रममा सप्तरी जिल्लास्थित राजगढ गाउँपालिकाकका अध्यक्ष परमानन्द यादवलाई उहाँले गरेका योगदानप्रति आभार व्यक्त गर्दै सम्मान गरिएको थियो ।
आसमान नेपालद्वारा आयोजित कार्यक्रमको अध्यक्षता आयोजक संस्थाका कार्यकारी निर्देशक नवल यादवले गर्नुभएको थियो । सो कार्यक्रमलाई यूरोपियन यूनियन, वेल्ट हंगर हाल्फ, मुक्ति नेपाल,दलित सरोकार मञ्च सप्तरी, वातावरण तथा बाल विकास परिषद् रौतहट लगायतका संस्थाहरुले सहयोग गरेका थिए ।
स्थानीय तहका नगर प्रमुख, नगर उपप्रमुख, आयोजक, तथा सहआयोजक संस्थाका पदाधिकारी, पूर्व सांसद लगायतको उपस्थिति रहेको थियो ।









तपाईको प्रतिक्रिया