TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

वर्ण र वर्ग व्यवस्थाका बीच समाजवादको स्थापना असम्भवः उपेन्द्र यादव


वर्ण र वर्ग व्यवस्थाका बीच समाजवादको स्थापना असम्भवः उपेन्द्र यादव
ADVERTISEMENT

जनकपुरधाम । जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले वर्ण र वर्ग व्यवस्था बीच समाजवादको स्थापना असम्भव रहेको बताउनु भएको छ ।


प्रदेश २ को राजधानी जनकपुरधामस्थित शनिबार समाजवादी दलित मुक्ति संगठन नेपालको राष्ट्रिय भेला समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष यादवले मुलुकलाई समाजवादको दिशामा अग्रसर हुन वर्ण र वर्ग व्यवस्था अवरोधकको रुपमा अगाडी आएको बताउनुभयो ।

वर्ण र वर्ग व्यवस्थाले जन्माएको असमानता र विभेदबाट विश्वका २६ करोड दलितहरु शोषित र पीडित भएको उल्लेख गर्नुहुँदै अध्यक्ष यादवले मुलुकमा समाजवाद स्थापनाको उक्त व्यवस्था परिवर्तन आजको मुल आवश्यकता रहेको बताउनुभयो ।

मधेश आन्दोलनको मुल मन्त्र नै शोषित उत्पिडीतको उत्थान भएकै कारण आरक्षणको व्यवस्था अनुसार दलित, उत्पिडितहरुले संसदमा प्रतिनिधित्व गर्ने अवसर पाएको उल्लेख गर्नुहुँदै अध्यक्ष यादवले दलित लगायतका उत्पिडित समुदायलाई राजनीतिका साथै न्यायमा समेत पहुँच हुनु पर्नेमा जोड दिनुभयो ।

उहाँले महंगो निर्वाचन प्रणालीका कारण दलितहरु चुनाव लड्नबाट बंचित भइरहेको उल्लेख गर्दै आरक्षित निर्वाचन क्षेत्रको व्यवस्था हुनुपर्ने माग समेत गर्नुभयो ।

संविधानमा रहेका त्रुटीहरुले दलित , आदिवासी, जनजाति, मुस्लिम महिला लगायतको समुदायको कल्याण सम्भव नरहेको उल्लेखगर्दै अध्यक्ष यादवले उत्पिडित वर्गको भावना लत्याउदै ल्याईएको संविधान संशोधन अपरिहार्य रहेको दावी गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि एवं प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एकताको आभावमा दलितहरु विभेदमा परेको उल्लेख गर्नुहुँदै दलितहरुलाई एकवद्ध हुन आग्रह गर्नुभयो ।

दलित समुदायले आफ्नो मतको मुल्य सम्झन नसकेका कारण समस्या भोगी रहेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री राउतले आउदो चुनावमा दलितका हितैसी को हुन भनेर चिन्न आग्रह समेत गर्नुभयो ।

आन्दोलनको बलमा बनेको प्रदेश सरकारले दलितहरुको मुक्तिको लागी जनसंख्याको अनुपातमा आरक्षणका साथै दलित सशक्तिकरण ऐन ल्याएर दलितहरुको हकहितलाई सुनिश्चित गर्ने प्रयास शुरु गरेको उल्लेख गर्नुभयो ।

समाजवादी दलित मुक्ति संगठनको अध्यक्ष खिम बहादुर विश्वकर्माको अध्यक्षतामा भएको उद्घाटन सत्रमा जसपा केन्द्रिय सदस्य एवं जनकपुरधाम उपमहानगरका प्रमुख लालकिशोर साह, नेपाली काँग्रेस निकट दलित संगठनका रामवरण पासवान, नेकपा एस निकट दलित संगठनका राम अवतार पासवान सहितका वक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

 

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
धनुषा : प्रहरी र जनमतका कार्यकर्ताबीच झडप, ५ जना घाईते

धनुषा : प्रहरी र जनमतका कार्यकर्ताबीच झडप, ५ जना घाईते

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य